काठमाडौं । कणाली प्रदेशमा आगामी जेठ ३ देखि १० गतेसम्म आयोजना हुने १०औँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले मङ्गलबार एक कार्यक्रमबिच लोगो र मस्कट सार्वजनिक गरेका हुन् ।
१०औँ खेलकुदको मस्कटमा लोपोन्मुख जनावर ‘रेडपान्डा’ रहेको छ । यस्तै लोगोमा लोगोमा सात रङ्ग, चन्द्र र सुर्य झन्डा अङ्कित रहेको छ । खेलकुद मन्त्री चौधरीले लोगो र मस्कट कर्णाली प्रदेशको माटोसँग मिल्ने खालको रहेको बताए ।
लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन् । कार्यक्रममा १०औँ खेलकुदको खेलाडी दर्ताका लागि अनलाइन पोर्टल र खेलकुदको डेडिकेटेड अनलाइन पोर्टल समेत सार्वजनिक गरिएको छ ।
लगातार सर्दै आएको १०औँ खेलकुदमा सहभागी टोली र खेल संख्या अझै ढुङ्गो लागेको छैन । यसअघि २०८१ मङ्सिर र त्यसपछि यही चैतमा हुने भनिएको राष्ट्रिय खेलकुद पुनः जेठमा सारिएको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com