Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गौतमश्री सहकारीका ऋण नतिर्ने १३७ जनाको नामावली सार्वजनिक

गौतमश्री सहकारीका ऋण नतिर्ने १३७ जनाको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थाका ऋण तिर्न बाँकी १३७ ऋणीहरूको नामावली सार्वजनिक गरेको छ ।

समितिले २०८३ वैशाख २३ गते बसेको बैठकको निर्णयअनुसार उपलब्ध अभिलेख तथा ऋणी विवरणका आधारमा नाम सार्वजनिक गरिएको जनाएको छ । यसअघि नेपाल सरकारले २०८० चैत १३ गते उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको थियो ।

समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा नाम परेका तर ऋण दायित्व पूरा गरिसकेका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ । अभिलेख अद्यावधिक गर्ने प्रयोजनका लागि यस्तो अनुरोध गरिएको समितिको भनाइ छ ।

त्यसैगरी हालसम्म ऋण भुक्तानी नगरेका ऋणीहरूलाई यथाशीघ्र समितिको सम्पर्कमा आई बक्यौता रकम चुक्ता गर्न निर्देशन दिइएको छ । निर्धारित प्रक्रिया अनुसार ऋण भुक्तानी नगरेमा प्रचलित कानुनबमोजिम कारबाही अगाडि बढाइने चेतावनी समेत समितिले दिएको छ ।

समितिका अनुसार सार्वजनिक गरिएको सूचीमा विभिन्न व्यवसायी, सहकारीसँग आबद्ध व्यक्ति तथा प्रभावशाली व्यक्तिहरू समेत रहेका छन्। 

समितिले ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम परेका व्यक्तिलाई आवश्यक प्रमाणसहित समितिको कार्यालयमा उपस्थित हुन आग्रह गरेको छ। साथै, हालसम्म कर्जा भुक्तानी नगरेका ऋणीहरूलाई तत्काल सम्पर्कमा आई ऋण चुक्ता गर्न निर्देशन दिइएको छ।

तोकिएको समयभित्र ऋण भुक्तानी नगरे प्रचलित कानुनअनुसार असुली प्रक्रिया अघि बढाइने तथा आवश्यक कानुनी कारबाही गरिने समितिले चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार