काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्तिका लागि २६ हजार ८८८ जना विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन् । आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेको महानगरले जनाएको छ । आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ ।
आवेदकमध्ये विज्ञान विषयका लागि १८ हजार ९९६ व्यवस्थापनमा सात हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ र मानविकीमा ७९ जना छन् । अनलाइन प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ । हालसम्म ८४ आवेदन अस्वीकृत भएको छ ।
नाम सिफारिस भएका विद्यार्थीले कक्षा ११-१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्ने छैन ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com