Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी: रजिष्ट्रार र प्राधिकरणका ईडीको सरुवा

सहकारी: रजिष्ट्रार र प्राधिकरणका ईडीको सरुवा

काठमाडौं । सरकारले सहकारी निकायका दुई सहसचिवको सरुवा गरेको छ । मन्त्रिपरिषद्ले सहकारी विभागका रजिष्ट्रार सुशील ढकाल तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक (ईडी) एवम् प्रवक्ता डा.पुष्प राज शाहीको सरुवा गरेको हो । पाँच महिनामै दुबै सहसचिवको सरुवा गरिएको छ ।

२०८२ जेठ ११ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उहाँहरुसँगै विभिन्न संघीय, प्रदेश तथा स्थानीय तहमा कार्यरत २९ सहसचिवको सरुवा तथा कामकाजको जिम्मेवारी तोकेको हो । प्राधिकरणका ईडी शाहीलाई गृह मन्त्रालय अन्तर्गत सरुवा गरिएको छ भने विभागका रजिष्ट्रार ढकाललाई भूमि, व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) मा सरुवा गरिएको छ ।

1767267054-qzP99.jpg
सहकारी विभागका रजिष्ट्रार सुशील ढकाल

ढकालले सहकारी विभागको ३६औं रजिष्ट्रारको रुपमा २०८२ पुष १७ गते बिहिबार पदबहाली गर्नुभएको थियो । उहाँलाई राष्ट्रपति कार्यालयबाट विभाग सरुवा गरिएको थियो । यसैगरी, शाहीलाई २०८२ पुस २० गते प्राधिकरणमा स्वागत गरिएको थियो ।  उहाँलाई भने मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णालीबाट प्राधिकरण सरुवा गरिएको थियो ।

WhatsApp Image 2026-01-08 at 4.57.26 PM_fd142iy.jpeg
राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कार्यकारी निर्देशक (ईडी) एवम् प्रवक्ता डा.पुष्प राज शाही

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार