Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

जिल्ला बचत सङ्घ सुनसरीको कार्यविधि निर्माण कार्यशाला सम्पन्न

जिल्ला बचत सङ्घ सुनसरीको कार्यविधि निर्माण कार्यशाला सम्पन्न

काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी सङ्घ सुनसरीले धरान उप-महानगरपालिकामा कार्यविधि निर्माण कार्यशाला सम्पन्न गरेको छ । सङ्घको स्वीकृत कार्ययोजनामा व्यवस्था भए बमोजिम धरान क्षेत्रका सदस्य संस्थालाई लक्षित गरी निस् शुल्क कार्यविधि निर्माण कार्यशाला आयोजना गरिएको हो । 

धरान उप-महानगरको आर्थिक तथा प्राविधिक सहायतामा धरान उप-महानगरको तालिम हलमा आयोजित कार्यक्रममा बचत तथा ऋणको कारोबार गर्ने सदस्य संस्था सहित अन्य विषयगत सहकारी संस्थाका ४९ जना अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो । 

सङ्घका अध्यक्ष गोमाकुमारी गिरी खड्काको अध्यक्षतामा भएको कार्यशालामा शुभकामना राख्दै जिल्ला सहकारी सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले पछिल्लो समय जिल्ला बचत सङ्घ सुनसरीले शिक्षा तथा तालिम र साकोस अनुगमनमा देखाएको सक्रियता सराहनीय भएको उल्लेख गरे । 

 सहकारी क्षेत्रमा देखिएका समस्या तथा जटिलता समाधानका लागि ऐनमा भएको व्यवस्था अनुरुप सङ्घले शिक्षा तथा तालिममै केन्द्रित हुनुको विकल्प नभएकाले भन्दै आगामी दिनहरुमा सघन अनुगमन, निरीक्षण र तालिम शिक्षामा सङ्घ केन्द्रित हुने अध्यक्ष गिरीले जानकारी दिईन । 

 जिल्ला स्थित सहकारी अभियानका अभियानकर्मीहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यशालामा सङ्घका उपाध्यक्ष उद्ववबहादुर लिम्बुले स्वागत गरेका थिए भने सङ्घका व्यवस्थापक तथा कार्यक्रम अधिकृत रुद्रप्रसाद सुवेदी (सुमन) ले सहजीकरण गरेका थिए भने सचिव मिलन त्रितालले टिप्पणी गरेका थिए ।

 सहकारी संस्था सुशासनमा सञ्चालन गर्न र संकट टार्न कार्यविधि निर्माण कार्यशाला फलदायी भएको सहभागिहरुको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार