Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब बढीको बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब बढीको बजेट सार्वजनिक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सङ्घीय संसद्को संयुक्त सदनमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यो जानकारी दिनुभएको हो ।

बजेट चालू खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड र पूँजीगत खर्चतर्फ १० खर्ब रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चतर्फको बजेट विनियोजन कुल बजेटको करिब ५९.८ प्रतिशत हो । सरकारले पूर्वाधार विकास तथा निर्माणसँग सम्बन्धित कार्यक्रमका लागि पूँजीगत खर्च  बजेट व्यवस्था गरेको जनाएको छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।अनुदानतर्फ ६१ अर्ब ७४ करोडको र वैदेशिक ऋण २ खर्ब ४७ अर्ब रहने उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार