काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत पुग्ने लक्ष्य अघि सारेको छ ।
संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन, लगानी र आर्थिक गतिविधि विस्तारमार्फत उक्त वृद्धिदर हासिल गर्ने अनुमान गरिएको जानकारी गराउनुभयो ।
हालको आर्थिक वर्ष २०८२/८३ मा भने आर्थिक वृद्धिदर ३.८५ प्रतिशतमा सीमित रहने प्रक्षेपण राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ ।
सरकारले आगामी आर्थिक वर्षमा मूल्यवृद्धिदरलाई ६ प्रतिशतभन्दा तल कायम राख्ने लक्ष्यसमेत अघि सारेको छ । बजेटमार्फत मूल्य स्थायित्व कायम गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउने नीति लिइएको अर्थमन्त्री वाग्लेले उल्लेख गर्नुभयो ।
यसैबीच, सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको छ । बजेटअनुसार चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ तथा वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com