१५, जेठ २०८३, बागलुङ । चारतारे युवा क्लब, सिवाईसी नेपालको आयोजना तथा सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङको समन्वयमा बागलुङ बजारमा “डिजिटल युगमा एआई र पत्रकारिता” विषयक ३ दिने तालिम सुरु भएको छ ।
सहभागीहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) सम्बन्धी आधारभूतदेखि प्रयोगात्मक ज्ञान प्रदान गर्नुका साथै पत्रकारिताका सिद्धान्त, समाचार लेखन, डिजिटल सञ्चार तथा आधुनिक सञ्चार माध्यमको प्रयोग सम्बन्धी व्यावहारिक सीप विकास गराउने तथा वित्तीय क्षेत्रमा एआई र पत्रकारिता दुवै क्षेत्रको महत्व, अवसर तथा वर्तमान डिजिटल युगमा तिनको प्रभावकारी उपयोगबारे जानकारी गराउने लक्ष्य राखि कार्यक्रम आयोजना गरिएको हो ।
तालिमको पहिलो दिन संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सिवाईसी सहकारी स्थापनाको परिकल्पना, संस्थाको स्थापना यात्रा, सहकारी अभियानमा संस्थाले खेलेको भूमिका तथा हाल सञ्चालन भइरहेका सामाजिक, आर्थिक, युवा लक्षित तथा उद्यमशीलता प्रवद्र्धनसम्बन्धी गतिविधिबारे जानकारी गराउनुभयो । उहाँले बदलिँदो डिजिटल युगमा युवाहरूलाई प्रविधिमैत्री, सिर्जनशील र जिम्मेवार बनाउँदै नेतृत्व विकास तथा आत्मनिर्भरतातर्फ प्रेरित गर्न सिवाईसी सधै अग्रसर रहेको बताउनु भयो ।
undefined
त्यस्तै, सूचना तथा प्रविधि विज्ञ चिराग थापाले च्याट जि.पी.टी. लगायत एआई उपकरणलाई प्रभावकारी रूपमा प्रयोग गर्न निर्देशन (Prompt) तयार गर्ने तरिका, एआईमार्फत सामग्री निर्माण, सूचना खोज तथा डिजिटल कार्यलाई सहज बनाउने विधिबारे सहजीकरण गर्नुभयो । उहाँले सही Prompt निर्माणमार्फत एआईबाट गुणस्तरीय, सटीक र आवश्यकताअनुसारको नतिजा प्राप्त गर्न सकिने विषयमा सहभागीहरूलाई व्यावहारिक अभ्याससमेत गराउनुभएको थियो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले कम्पाउण्ड इन्ट्रेस्ट र यसको गणना विधिबारे जानकारी गराउनुभयो ।
undefined
तालिममा सिवाईसी साकोसले “शक्तिशाली सोचका लागि युवा सहभागिता” कार्यक्रमअन्तर्गत छनोट गरेका २५ जना युवा, संस्थामा कार्यरत कर्मचारी तथा विभिन्न समिति–उपसमितिका पदाधिकारी सदस्य गरी ६० जनाको सहभागिता रहेको छ ।
कार्यक्रममा नारी संकल्प बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष गोमा नेपाल, सिवाईसी नेपालका उपाध्यक्ष लक्ष्मण खड्का तथा सिवाईसी साकोसका सल्लाहकार सीता शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष सीता सापकोटाले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यबारे सिवाईसी नेपालका कार्यक्रम अधिकृत सुमन जिसीले जानकारी गराउनुभएको थियो । कार्यक्रम सञ्चालन सिवाईसी साकोसका प्रमुख कार्यकारी अधिकृत नवराज शर्माले गर्नुभएको थियो ।
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com