काठमाडौं । कोशी प्रदेश सरकारले २०८३ साल साउनदेखि २०८५ असार मसान्तसम्म कोशी भ्रमण वर्षका रुपमा मनाउने भएको छ । प्रदेशको पर्यटन प्रवर्धनलाई केन्द्रमा राखेर समग्र अर्थतन्त्र चलायमान बनाउने उद्देश्यले भ्रमण बर्ष मनाउने तयारी सरकारले गरेको हो । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि शनिबार प्रस्तुत गरेको आफ्नो नीतिगत प्राथमिकतामा भ्रमण वर्षको विषय उल्लेख छ ।
शनिबारको कोशी प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विदुर कुमार लिङ्थेपले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता अन्तर्गत पर्यटनतर्फ कोशी प्रदेशका सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदाहरूको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रमहरू ल्याइने उल्लेख छ । मन्त्री लिङ्थेपले २०८३ साउनदेखि २०८५ असार मसान्तसम्मलाई कोशी भ्रमण वर्षका रूपमा मनाउने र यस अवधिमा बाह्य तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न पर्यटकीय गन्तव्य र पदमार्गहरूको विकासमा बजेट केन्द्रित गर्ने पनि जानकारी गराउनुभयो ।
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरिएको नीतिगत प्राथमिकतामा प्रदेशका सांस्कृतिक, धार्मिक र प्राकृतिक सम्पदा संरक्षण गर्दै निजी क्षेत्र र समुदायको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम सहित वि. सं. २०८३ साल श्रावणदेखि २०८५ साल असार मसान्तसम्म कोशी भ्रमण वर्ष मनाइने उल्लेखछ। आगन्तुक पाहुनालाई पर्यटकीय गन्तव्य, पदमार्ग स्थल लगायतका स्थानमा भ्रमण गर्दा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाइने पनि समावेश गरिएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com