Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
दक्षिणकाली नगरपालिका

ऋण नतिर्ने सहकारी सञ्चालकहरुलाई ३५ दिने अल्टिमेटम

ऋण नतिर्ने सहकारी सञ्चालकहरुलाई ३५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाले ऋण लिई समयमै नतिर्ने सहकारी संस्थाका सञ्चालकहरुलाई ३५ दिन भित्र रकम फिर्ता गर्न गराउन सूचना जारी गरेको छ ।

नगरपालिका अन्तर्गत दर्ता भएकामध्ये केही सहकारी संस्थाका सञ्चालकहरुले ऋण लिई समयमै फिर्ता नगर्दा अन्य सदस्यको बचत फिर्तामा समस्या आएको गुनासो आएको भन्दै आफूले लिएको ऋण ३५ दिन भित्र फिर्ता गर्न र गराउन सहकारी संस्थाहरुलाई आज सूचना जारी गरेको छ ।

साथै नगरपालिकाले यसरी असुली भएको ऋणको जानकारी गराउन पनि भनेको छ । नगरपालिकाले तोकिएको समयभित्र यस्तो जानकारी नगराउने सहकारीहरुलाई  सघन अनुगमन गरी प्रचलित कानून बमोजिम कारबाही गर्ने सूचित गरेको छ ।

 

492222480_647629518086792_7261303907755081771_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार