Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

अध्यादेशले सहकारी संघ संस्थालाई कमजोर बनाउने

अध्यादेशले सहकारी संघ संस्थालाई कमजोर बनाउने

२४, जेठ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिको आयोजनामा एकदिने ‘कोपोमिस तालिम’ सम्पन्न भएको छ । भक्तपुरको क्लब बागमतीमा जेठ २४ गते आयोजित उक्त तालिममा सहकारीहरूको नियामक प्रणाली कोपोमिसको व्यावहारिक प्रयोग, डिजिटल प्रणालीबारे विस्तृत छलफल भएको छ ।  तालिममा कोपोमिस प्रणालीमा सूचना र तथ्याङ्क अद्यावधिक (डाटा अपडेट) नगरे सहकारीहरूले करचुक्ता प्रमाणपत्र र दृष्टि बन्धक रोक्का सुविधा समेत नपाउने विषयलाई मुख्य रूपमा उठाइएको छ । 

संघका उपाध्यक्ष जगनाथ प्रजापतिले तालिममा सिकेका प्राविधिक ज्ञानलाई आ–आफ्नो कार्यालयको दैनिक कार्य सम्पादनमा अनिवार्य उपयोग गर्न निर्देशन दिनुभयो । हालै आएको अध्यादेशका कारण कर्मचारीहरूलाई काम गर्न गाह्रो भइरहेको अवस्थामा समसामयिक विषयको ज्ञान झन् आवश्यक हुने उहाँको भनाइ थियो । अध्यादेशले सहकारी संघहरुलाई कमजोर बनाउनु सहकारी संस्था र समग्र सहकारी अभियानलाई नै कमजोर बनाउने उहाँले बताउनुभयोे ।

संघका कोषाध्यक्ष कृष्णश्वरी मचामसीले अहिलेको जटिल परिस्थितिमा सहकारी संस्थाहरू कानुन र प्रविधि दुवै कुरामा सचेत हुनुपर्ने बताउनुभयो । संघले सधैं सहकारीहरूलाई विभिन्न नीति–नियमहरूको बारेमा जानकारी दिँदै आएको र यस तालिमले कोपोमिसबारे बुझ्न थप मद्दत पु¥याएको विचार उहाँले राख्नुभयो । 

IMG_4137.JPG
undefined

कार्यक्रममा बोल्दै भक्तपुर बचत संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले सहकारी क्षेत्रमा प्रविधिको महत्व बढ्दै गएको र संघले पनि कोपोमिस लगायतका विभिन्न प्राविधिक तालिम कार्यक्रम गर्दै आएको जानकारी दिनुभयो ।  हालै जारी गरिएको नयाँ अध्यादेशका कारण सहकारी क्षेत्रमा गम्भीर असर परेको उहाँले औंल्याउनुभयो । “अध्यादेशका कतिपय प्रावधानले गर्दा अहिले सहकारी संस्थाहरूलाई कमजोर बनाउने निश्चित छ” प्रमुख कार्यकारी अधिकृत धोजुले भन्नुभयो । उहाँले कर्मचारीहरूलाई वर्तमान अध्यादेश र कानुनी व्यवस्थाबारे पूर्ण रूपमा जानकार हुन आग्रह गर्नुभयो । 

तालिमका प्रशिक्षक सहकारी विभागका ई. प्रेम प्रसाद थारुले कोपोमिस जस्ता प्राविधिक प्रणालीहरू निरन्तर अभ्यास गरेर मात्र पोख्त हुन सकिने बताउनुभयो । विस्तारै र नियमित रूपमा कार्य गर्दा प्रयोगात्मक कुराहरू सहजै सिक्दै जान सकिने उहाँको सुझाव थियो । 

तालिमको समापन सत्रमा संघको अन्तरलगानी तथा वित्तीय प्रवद्र्धन उपसमितिका सदस्य योगेन्द्र बहादुर खर्बुजाले व्यस्त समयका बाबजुद सहभागी भई प्रविधि सिक्न उत्सुकता देखाएकोमा सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उपसमितिका सदस्य अनिलकुमार सुवालले सफलतापूर्वक सञ्चालन गर्नुभएको उक्त प्राविधिक तालिममा संघमा आबद्ध सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरू गरी कुल ४३ जनाको सहभागिता रहेको थियो ।

IMG_4109.JPG
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार