काठमाडौं । ‘जयतु संस्कृतम्’ संस्थाको आयोजनामा उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय संस्कृत वक्तृत्वकला प्रतियोगिता शनिबार वाल्मीकि विद्यापीठमा सम्पन्न भएको छ।
संस्थाको ८०औँ वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका गुरुकुल, संस्कृत माध्यमिक विद्यालय, सामुदायिक तथा निजी विद्यालयका २१ जना विद्यार्थी सहभागी भएका थिए।
प्रतियोगितामा ‘सुसाङ्ख्ये कृत्रिममेधायाञ्च संस्कृतभाषा’, ‘नेपालराष्ट्रनिर्माणे वर्धमान उत्साह’ तथा ‘संस्कृतभाषा दक्षिणैशियाक्षेत्रस्य द्वितीयसम्पर्कभाषा’ विषयमा विद्यार्थीहरूले संस्कृत भाषामै वक्तृत्वकला प्रस्तुत गरेका थिए।
संस्थाका अध्यक्ष डा. बद्रीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव प्रा.डा. नवराज कट्टेलले कार्यक्रमको उद्देश्य र ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, सहप्राध्यापक डा. केशवशरण अर्याल, उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरे तथा उपप्राध्यापक शिवराज लामिछानेलगायतको उपस्थिति रहेको थियो।
वाल्मीकि विद्यापीठका न्याय विभागका उपप्राध्यापक डा. वैकुण्ठ घिमिरे र उपप्राध्यापक सुदर्शन नेपाल निर्णायक रहनुभएको प्रतियोगितामा वाग् गुरुकुलकी आँचल बस्याल प्रथम, विपिन दाहाल द्वितीय तथा आर्षराज अर्याल तृतीय हुन सफल हुनुभयो। विपिन रिजाल र संस्कृत लामिछानेले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले संस्कृत भाषाको संरक्षण, संवर्द्धन तथा विकासमा ‘जयतु संस्कृतम्’ संस्थाले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै युवा पुस्तामा संस्कृतप्रतिको बढ्दो आकर्षण सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो।
२००४ सालको ऐतिहासिक ‘जयतु संस्कृतम्’ आन्दोलनको स्मृतिमा स्थापित संस्थाले वार्षिकोत्सवका अवसरमा विभिन्न प्राज्ञिक तथा बौद्धिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com