Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कागेश्वरी मनोहरा नगरपालिका

सेवाग्राहीले अब फाइल बोकेर कोठाकोठा चहार्नु नपर्ने

सेवाग्राहीले अब फाइल बोकेर कोठाकोठा चहार्नु नपर्ने

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले एकीकृत सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। नगरपालिकाले स्थानीयवासी एवम् आम नागरिकहरुको सहजताका लागि एकीकृत सेवा सञ्चालनमा ल्याएको हो ।  जसका कारण सेवागा्रहीले फाइल बोकेर कोठा–कोठा भौँतारिनुपर्ने बाध्यता हटाउनेछ ।

विशेष गरी वृद्ध, अशक्त र कम जानकारी भएका व्यक्तिहरूलाई कोठा–कोठा चहार्नुपर्ने बाध्यताबाट त्राण पाउनेछन् । अब नगरबासीले एकै स्थानबाट नगरपालिकाले उपलब्ध गराउने सेवा सहज प्राप्त गर्न सक्ने दाबी नगरपालिकाले गरेको छ । नागरिकमैत्री प्रशासनको दिशामा महत्वपूर्ण कदम भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको भुइँतलाको खुला क्षेत्रमा एकीकृत सेवा केन्द्र सञ्चालन गरिएको छ जसमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म सेवा प्रवाह गरिनेछ । उक्त केन्द्रमा सबै शाखाका प्रतिनिधि कर्मचारीहरू खटाइएको छ जसले क्षेत्रगत विशेषज्ञतासहित सेवा प्रदान गर्छन् । 

नगरपालिकाको यो कदमप्रति स्थानीयबासीहरुले प्रसन्नता व्यक्त गर्दै यसको निरन्तरता र सेवा प्रवाहमा थप चुस्तताको अपेक्षा र विश्वास व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार