काठमाडौं । गुल्मीको गौंडाकोटस्थित साना किसान कृषि सहकारी संस्था लि.ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट सञ्चालन इजाजतपत्र (अपरेटिङ लाइसेन्स) प्राप्त गरेको छ । संस्थाले हिजो असार १५ गते कारोबार सञ्चालन गर्नका लागि प्राधिकरणबाट इजाजत पाएको हो । संस्थाको इजाजतपत्र नम्बर २०६१-१०२९७ रहेको छ ।
सहकारी ऐन २०४८ अनुसार डिभिजन सहकारी कार्यालय पाल्पामा २०६१ साल माघ १ गते दर्ता भएको साना किसान कृषि सहकारी संस्थाको कार्यक्षेत्र गुल्मीदरबार गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म रहेको छ । संस्थामा हाल १६ सय बढी शेयर सदस्य छन् जसमध्ये ८५ प्रतिशत बढी महिला सहभागिता छ । आफ्नै भवनबाट सेवा दिदै आएको संस्थाले सदस्यहरुलाई स्वरोजगार अवसर सिर्जनामा प्रत्यक्ष प्रभावकारी भूमिका निर्वाह गर्दै आएको छ भने संस्थागत सामाजिक उत्तरदात्यिवका कामहरुलाई पनि समानान्तर रुपमा अघि बढाएको छ ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com