काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा भएका राम्रा कामहरुको प्रचार प्रसार मार्फत सकारात्मक सन्देश प्रवाह गर्ने हो भने गलत गर्ने केही व्यक्तिहरु पनि हच्किने बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘गलत गर्नेको कामलाई हामीले हाइलाइट गर्यौ भने उनीहरु प्रोत्साहित हुन्छन् । सही काम गर्नेहरु निरुत्साहित हुन्छन् ।’
अहिले सहकारी क्षेत्रमा केही भ्रमहरु सृजना गर्ने काम भएको भन्दै मन्त्री अधिकारीले सहकारीलाई सकारात्मक पाटोबाट अघि बढाउने, यसमार्फत भएका कामहरुको प्रचार गर्ने काम गर्यौ भने कतिपय गलत गर्ने व्यक्तिहरु पनि नराम्रो काम गर्नबाट पछि हट्ने विचार राख्नुभयो । नेपाल सहकारी पत्रकार समाजले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले आधारभूत तहमा काम गर्ने र आर्थिक उपार्जनमा सहयोग गर्ने सहकारी महत्वपूर्ण क्षेत्र भएको बताउनुभयो ।
सहकारीमार्फत सकारात्मकता विकासको आवश्यकताबारे बारम्बार अभिव्यक्ति दिदैं आउनुभएका मन्त्री अधिकारीले आज सिजेएनको अन्तरक्रिया कार्यक्रममा पनि एक पटक दोहोर्याउँदै भन्नुभयो, ‘सहकारी अर्थतन्त्रको महत्वपूर्ण क्षेत्र हो । ३२ हजार सहकारीले नै गलत गरेका हुनत् ? ती मध्ये कतिले साँच्चिकै गलत गरेका छन् त ? भनेर हेर्दै जाने हो भने १ हजारको संख्या पनि पुग्दैन होला । तर, ३२ हजार नै खराब हुन त ?तर, यी सबै गलत हुन् भन्ने भाष्य निर्माण गरिएको छ ।’
मन्त्री अधिकारीले कतिपय व्यक्तिहरु सहकारी सबै नराम्रा हुन् भन्दै यसैलाई भजाएर फाइदा लिन लागेको अवस्था पनि रहेको बताउनुभयो । ‘सहकारीबाट लगेको ऋण तिर्नुपर्दैन, बचतकर्ता सदस्यहरुलाई बचत नगर्नुहोस्’ भन्ने जस्ता कुप्रचार समेत गरेको भन्दै चनाखो रहन उहाँले सबैलाई आग्रह गर्नुभयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com