Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) मा विनोद फुयाँल नियुक्त

सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) मा विनोद फुयाँल नियुक्त

काठमाडौं। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको सदस्य (चार्टर्ड एकाउन्टेन्ट) मा विनोद फुयाँल नियुक्त हुनुभएको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट  फुयाँल सदस्य नियुक्त हुनुभएको हो ।

मन्त्रालयले काठमाडौं महानगरपालिका ६, मनोहरा निवासी फुयाँललाई सहकारी ऐन, २०७४ को दफा १०३ग को उपदफा (१) को खण्ड (ङ) बमोजिम प्राधिकरणको सदस्यमा ४ वर्षका लागि नियुक्त गरेको हो। 

हाल प्राधिकरणको अध्यक्षको जिम्मेवारी भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन सचिव मदन भुजेलले सम्हालिरहनुभएको छ । प्राधिकरणमा अब अध्यक्ष सहित थप एक सदस्य नियुक्त गर्न बाँकी छ । अध्यक्ष रिक्त रहेकाले स्वतः सचिव अध्यक्ष हुने व्यवस्था रहेको छ । 

संघ, प्रदेश र स्थानीय तहको कार्यक्षेत्रभित्र रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको नियमन गर्न २०८१ सालमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण स्थापना गरिएको हो। ललितपुरको हरिहरभवनस्थित केन्द्रीय कार्यालय रहेको प्राधिकरणमा एक अध्यक्षसहित चार सदस्य रहने कानुनी व्यवस्था छ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरिवेक्षण र अनुगमनका लागि राष्ट्रिय मापदण्ड तयार गर्ने, नियामकीय मापदण्ड लागू गर्ने, बचतकर्ताको हित संरक्षण गर्ने तथा सहकारी संस्थाको नियमित निरीक्षण, उजुरी सुनुवाइ र नियामकीय परीक्षणलगायतका कार्य गर्ने अधिकार राखेको छ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार