Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

भोलि १ हजार २५० मेट्रिक टन डिएपि मल आइपुग्ने

भोलि १ हजार २५० मेट्रिक टन डिएपि मल आइपुग्ने

काठमाडौं। नेपालमा भोलि १ हजार २५० मेट्रिक टन डिएपि मल आइपुग्ने भएको छ । ग्लोबल टेन्डरमार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिक डिएपि मल भारतको कोलकात्ता बन्दरगाहमा १० जुलाईमा आइपुगेको थियो। सो मलमध्ये १ हजार २५० मेट्रिक टन मल १ गते नेपालतर्फ ढुवानी सुरु भएको र सो मल भोलि ४ गते नेपाल आईपुग्ने छ । 

बाँकी रहेको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको छ । प्याकेजिङ सम्पन्न भएसँगै आज अर्को एक रेक बिरगन्ज चलान भएको छ । बाकि क्रमशः नेपाल भित्रिने छ । त्यस्तै ३०,००० मे टन युरिया मल समेत कलकत्तामा आईपुगेको र हाल अनलोडिङ र ब्यागिङ भैरहेको हुदा भोलि एक रेक बिरगन्जका लागि लोडिङ गर्ने तयारि भै रहेको कृषि सामग्रि कम्पनीबाट जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार