काठमाडौं । अधिकांश सहकारीको अहिलेको समस्या भनेको ऋण असुली हो । सुरक्षित ऋण लगानी भनेको सदस्यको बचतको सुरक्षा पनि हो । सहकारी संस्थाको प्रतिफल क्षमता र वित्तीय अवस्था नै ऋण लगानी र असुलीको अवस्थाले निर्धारण गर्दछ । यस्तोमा, कास्कीको पुरुन्चौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्थाले आफूलाई अब्बल सावित गरेको छ । जनसेवा साकोसको भाखा नाघेको ऋणको प्रतिशत केवल ०.१८ प्रतिशत रहेको छ ।
जनसेवा साकोसले कानून अनुसार ऋण जोखिम कोषको पूर्ण व्यवस्था गरेको छ । संस्थाले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार १ बर्ष भन्दा मुनिको भाखा नाखेको ऋण केवल ०.१८ प्रतिशत रहेको छ । १ बर्ष भन्दा माथि भाखा नाघेको ऋण शुन्य प्रतिशत रहेको व्यवस्थापक प्रेमसागर अधिकारीले जानकारी गराउनुभयो । संस्थाले सदस्यहरुको परियोजनामा र व्यवस्थित तरिकाले ऋण लगानी गर्ने गरेकाले असुलीमा सफलता मिलेको उहाँले बताउनुभयो । सदस्य पहिचान गरेर, क्यासफ्लो बिचार गरेर, क्षमतामा आधारित लगानी गरेका कारण असुलीमा सहज भएको व्यवस्थापक अधिकारीको भनाइ छ । संस्थाले ऋण लगानीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गर्ने र सञ्चालक समिति र ऋण उप समितिको भनसुनका आधारमा लगानी गर्ने नगरेको स्पष्ट पार्नुभयो ।
व्यवस्थापनमार्फत् प्राविधिक विषयमा सुझबुझका साथ लगानी गर्दा असुलीमा सहजता हुने उहाँको भनाइ छ । अर्कोतर्फ संस्थाले अनुत्पादक क्षेत्र र एउटै सदस्यलाई ठुलो ऋण लगानी नगरी सदस्यको क्षमताको आधारमा मात्र ऋण लगानी गरेको उहाँले बताउनुभयो । सञ्चालक समिति र कर्मचारीबिचको प्रत्येक बैठकमा ऋण असुलीलाई संस्थाले पहिलो एजेन्डा बनाउने गरेको अधिकारीले बताउनुभयो । जसले गर्दा संस्थाले आर्थिक मन्दीका बिचमा पनि ऋण असुली शतप्रतिशत गर्न सकेको व्यवस्थापक अधिकारी दाबी गर्नुहुन्छ ।
त्यसैगरी संस्थाले कुल सम्पत्तिमा ९.७३ अर्थात ४ करोड ३७ लाख ८० हजार आर्थिक वृद्धि गर्न सफल भएको छ । संस्थाको शेयर पुँजी ४ करोड ३० लाख, जगेडा कोष २ करोड ९९ लाख ४५ हजार, अन्य कोष ५२ लाख४८ हजार र संस्थागत पुँजी ३ करोड २५ लाख पुगेको छ । संस्थाले ३९ करोड ९९ लाख ९९ हजार बचत संकलन गरी ३१ करोड ४१ लाख ५१ हजार ऋण लगानी गरेको छ ।
२ हजार ५६४ सदस्य रहेको संस्थाको कुल सम्पत्ति ४९ करोड ३६ लाख १६ हजार पुगेको छ । संस्थाबाट ४८२ जना सदस्यले ऋण लिएर उद्यम व्यवसाय गर्नुका साथै आवश्यकता अनुसार विभिन्न उद्देश्यका लागि ऋण उपयोग गरेका छन् । संस्थाले गत आ।ब।मा १ करोड ११ लाख ७५ हजार शुद्ध नाफा आर्जन गर्न सफल भएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com