काठमाडौं । सदस्य संघ संस्थाहरुसँग वित्तीय कारोबार गर्दै आएको ललितपुर जिल्ला सहकारी संघले अब एक वर्षभित्र बचत तथा ऋणको कारोबारलाई अन्त्य गर्ने तयारी गरेको छ । कानूनतः संघहरुले अब वित्तीय कारोबार गर्न नपाउने प्रावधान सहकारी ऐनमा संशोधन भएर आएसँगै जिल्ला संघ ललितपुरले पनि निकास खोजेको हो ।
'हो, हामीले एक वर्षभित्रमा सबै वित्तीय कारोबार सेटल गर्ने गरी योजना बनाएका छौंं, ’संघका सचिव अनिल वीर बज्राचार्यले धिप्री डटकमसँग भन्नुभयो, बिस्तारै हामीले कारोबार कम गर्दै लगेका थियौं, अब त ऐनले समयसीमा तोकेकै कारण एक वर्षभित्रै सेटल गर्ने गरी काम अघि बढाउनेछौं ।’ उहाँले हालै नेफ्स्कूनको प्राविधिक सहयोगमा तयार पारेको रणनीतिक योजनामा वित्तीय कारोबारको एक्जिट प्लान बनेको जानकारी गराउनुभयो ।
संघमा हाल करिब १० करोड कुल सम्पत्ति छ । ८ करोड ऋण छ । राष्ट्रिय सहकारी बैंकसँग ऋण लिएको छ भने अहिले पनि संघस लिक्विडिटी समस्या छ ।
अरु के छन् योजना ?
श्रावण २ देखि ३ गतेसम्म सिन्धुपाल्चोकको भोटेचौरमा सञ्चालन भएको गोष्ठीले निष्क्रिय रहेका सदस्यहरुलाई सहजीकरणमार्फत सक्रिय बनाउने योजना अघि सारेको छ । संघमा हाल ७९८ सदस्य छन् । तथ्याङ्क अनुसार ३ सय संस्था संघको नेटवर्क बाहिर छन् । भित्र भएकालाई सक्रिय बनाउने र नभएकालाई पनि बिस्तारै जोड्ने रणनीति संघले बनाएको छ ।
यसैगरी, उक्त रणनीतिक योजना तर्जुमा गोष्ठीले संघलाई स्रोत केन्द्रका रुपमा विकसित गर्ने योजना अघि सारेको छ । सचिव बज्राचार्यले भन्नुभयो, ‘हामीले जिल्ला संघलाई स्रोत केन्द्रका रुपमा विकसित गर्ने रणनीति अघि सारेको छौं । जिल्लाभरका सहकारीहरुको अभिभावकीय संघले त्यही रुपमा आफूलाई परिस्कृत, परिमार्जित गर्दै लाने रणनीति अघि सारेको छ । त्यसका लागि व्यवस्थापनलाई चुस्त र चलायमान बनाउनेदेखि पुस्तकालय, प्राविधिक सक्षमता आदिलाई समयानुकूल विकास गर्दै लानेछौं ।’
जिल्ला सहकारी संघको काम अन्तरलगानी नभई बहसपैरवी तथा प्रवर्धनात्मक काम भएकाले कानूनले दिएको अधिकारभित्र रही तिनै कामलाई प्राथमिकतामा राखिएको दुबैजनाले बताउनुभयो ।
उक्त गोष्ठीमा संघको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापनका गरी १७ जनाको सहभागिता थियो।
रणनीतिक व्यावसायिक योजनामा परिवर्तित समयमा नियामकीय अनुकूलनलाई मुख्य प्राथमिकतामा राखिएको छ। सोही अनुसार संघको भूमिकालाई बहस पैरवी, सदस्य संघ संस्थाको नियामकीय अनुकूलन विकास, र सहकारी अभियानको क्षमता विकासका लागि संघको प्राविधिक सक्षमताविकासमा जोड दिइएको छ ।
यस्तै, संघले जिल्लाको सहकारी अभियानमा फिट एण्ड प्रपर सिद्धान्तको कार्यान्वयन गर्ने भएको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारण कार्यान्वयनमा सदस्य संघसंस्थाको क्षमता विकास गर्ने, स्थानीय सरकार एवम् सरोकारवालाहरूसँग समन्वय बढाउने लगायतका योजना तर्जुमा गरेको छ ।
कार्यक्रममा संघका अध्यक्ष जगतलाल महर्जनले विषम परिस्थितिमा पनि संघले सदस्य संघ संस्थाहरूलाई सहजीकरण गर्दै आफ्नो छवि उच्च राख्न सफल भएको बताउनुभयो। उहाँले हालका नियामकीय प्रावधानहरूले सहकारी अभियानलाई शुद्धीकरणतर्फ लैजान खोजेकाले सोही अनुसार अनुकूलन योजनाहरूको विकास गर्ने र अभियान प्रतिकूलका नियमहरूमा बहस पैरवी गरिने प्रष्ट पार्नुभयो।
त्यस्तै, संघका सचिव अनिलवीर बज्राचार्यले संघको पहिचानलाई अब स्रोत केन्द्रको रूपमा विकास गर्ने अवसरलाई भरपूर सदुपयोग गरिने बताउनुभयो।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com