काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा २४ खर्ब ११ अर्ब ६६ करोड ९५ लाख रुपैयाँको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार गत १ वर्षमा २० खर्ब ९७ अर्ब ३७ करोड रुपैयाँको वस्तु आयात र ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको हो । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९३ प्रतिशत र निर्यातको हिस्सा १३.०७ प्रतिशत छ ।
कुल वैदेशिक व्यापारमा अघिल्लो आर्थिक वर्षको तुलनामा १५.८८ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा २० खर्ब ८१ अर्ब १५ करोड रुपैयाँको वैदेशिक व्यापार भएको थियो ।
सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्टफोनलगायत छन् । यस्तै सबैभन्दा धेरै निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैँची, गलैँचा, सनफ्लावर तेल, जुटका सामग्री, पाम तेललगायत छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com