Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

Follow us

मध्य नेपाल साकोस: वार्षिक समीक्षासँगै नयाँ कार्ययोजना र कार्यविवरण हस्तान्तरण गोष्ठी

मध्य नेपाल साकोस: वार्षिक समीक्षासँगै नयाँ कार्ययोजना र कार्यविवरण हस्तान्तरण गोष्ठी

काठमाडौं । मध्य नेपाल बचत तथा ऋण सहकारी संस्था लि. देवचूली १४ को गत आर्थिक वर्ष २०८२/०८३ को बार्षिक समीक्षा तथा चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना र कार्यविवरण हस्तान्तरण  गोष्ठी  साउन १० गते मध्यविन्दुमा संस्थाका अध्यक्ष तुलमणी पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ । 

757000128_1409058321319883_1791894399765308362_n.jpg
undefined

सल्लाहकार कृष्ण प्रसाद गौतमले उद्घाटन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रेमा कुमारी खनालले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, ऋण उप समिति, सेवाकेन्द्र व्यवस्थापन उप समिति र कर्मचारीहरुको सक्रिय  सहभागिता थियो ।

756444301_1409063634652685_1871703582983072200_n.jpg
undefined

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत नरभूपाल भुसालले संस्थाको गत आर्थिक बर्षको समीक्षा, आगामी कार्यक्रम, वार्षिक बजेट र वित्तीय तथा गैर वित्तीय अवस्थाबारे जानकारी सहितको समग्र प्रस्तुतीकरण गर्नु भएको थियो भने बिभागीय प्रमुखहरु र सेवाकेन्द्र प्रमुखहरुले गत आर्थिक वर्षको वार्षिक लक्ष्य,  हासिल गरेका उपलब्धि, आगामी कार्य योजना, सम्भावना , चुनौती र समाधानका उपाय सहितको प्रगति समिक्षा प्रतिवेदन  प्रस्तुत गर्नुभएको थियो ।

756148650_1409058427986539_8334490657542560416_n.jpg
undefined

उक्त कार्यक्रममा उत्कृष्ट कार्यसम्पादनको आधारमा देवचुली सेवाकेन्द्रलाई प्रथम र शुभकामना सेवाकेन्द्रलाई दोस्रो, बजार सहायकहरुमा दिक्षिता पोख्रेल प्रथम, प्रमिला क्षेत्री द्वितिय, हरिकला न्यौपाने तृतीय र अनुपा भुर्तेललाई सान्त्वना पुरस्कार साथै दिव्यपुरी सेवाकेन्द्र प्रमुख सावित्री देवी शर्मालाई सेवाकेन्द्र सुधार सम्मान, बजार सहायक मोहन बहादुर क्षेत्रीलाई सदस्य बिस्तार तथा सम्बन्ध ब्यवस्थापन सम्मान प्रदान गरिएको  थियो ।

754758249_1409062494652799_3354156165939842801_n.jpg
undefined

सचिव डिलाराम पाण्डेले सहजीकरण गर्नु भएको कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले सल्लाह सुझावसहित  शुभकामना मन्तब्य राख्नु भएको  थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार