Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

गुरुमा गुरुत्व हुनुपर्छ: प्रा.डा.रामचन्द्र गौतम (भिडियो)

गुरुमा गुरुत्व हुनुपर्छ: प्रा.डा.रामचन्द्र गौतम (भिडियो)

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम भन्नुहुन्छ गुरुमा शास्त्रको ज्ञान र आचरण दुबै हुनुपर्छ । खासमा भन्ने हो भने गुरुमा गुरुत्व हुनुपर्छ भन्नुहुन्छ उहाँ । 

गुरु पूर्णिमाको विशेष अवसरमा धिप्री डटकमले गौतमसँग उहाँको निवासमा गुरु पूर्णिमाको महत्ता, गुरु र शिक्षकको सम्बन्ध, गुरु र शिक्षकको आचरणसँगै धर्म संस्कृतिको प्रवर्धन के कसरी गर्न सकिन्छ भन्ने बारेमा कुराकानी गरेको छ । साथै पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष गौतमले नयाँ समितिलाई केही सुझाव पनि राख्नुभएको छ । समितिमा रहेर ९ वर्ष योगदान गर्नुभएका उहाँ धर्मशाश्त्रविद्को रूपमा रहेर नेपाली चाडपर्व, तिथि–मिति र साइतहरू निर्धारण गर्ने कार्यमा सक्रिय रहनु भयो ।

बि.सं. २००४ सालमा धादिङको बैरेनीमा जन्मनुभएका उहाँको बसोबास काठमाडौको छाउनीमा रहेको छ । उहाँले संस्कृत र ज्योतिषको परम्परागत अध्ययन गर्नुका साथै आधुनिक खगोल विज्ञानमा समेत ज्ञान हासिल गर्नु भएकाले उहाँ ती सबै बिषयहरुको सम्मिश्रण गरी सवल पञ्चाङ्ग निर्णय गर्ने विद्वानका रूपमा सर्वपरिचित रहनु भएको छ ।

वैदिक शास्त्रहरुको गहन अध्येता ज्योतिष, कर्मकाण्ड, धर्मशास्त्रको विश्लेषण गर्नसक्ने र पञ्चाङ्ग गणना पद्धतिको ज्ञाता प्रा. डा.गौतमलाई “पञ्चाङ्गका भीष्मपितामह“ समेत भन्ने गरिन्छ ।उहाँले वैदिक कर्म,पूजा,र विधि,ठूलाठूला अनुष्ठान विधि,श्राद्ध पद्धति तथा ज्योतिषीय सिद्धान्त बारे टेलिभिजन र रेडियो अनेकौं प्रवचन दिनु भएको छ ।

प्रा.डा. रामचन्द्र गौतम पञ्चाङ्ग निर्णायक समितिको अध्यक्ष हुँदा समितिले शास्त्रीय गणना र खगोल विज्ञानलाई मिलाएर धेरै विवादित पर्वहरुको तिथि मितिमा एकरुपता ल्याएको थियो ।

सुनौं, उहाँसँगको अन्तर्वार्ताको सम्पादित अंश:

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार