काठमाडौं । विश्व ऋण परिषद् (ओकू) बाट प्रत्येक वर्ष प्रदान गरिने डिजिटल ग्रोथ अवार्डका लागि नेपालबाट विकू साकोस र मिरा इआरपी सफ्टवेयरले गरेको प्रयासले अब छिट्टै सफलता प्राप्त गर्ने विश्वास नेफ्स्कूनले लिएको छ । अन्तर्राष्ट्रिय अवार्डका लागि दुवैले विगतमा गरेको प्रयासले अपेक्षित परिणाम नदिएपनि अब कुनै पनि समय उनीहरु त्यसको हकदार हुने नेफ्स्कूनले जनाएको छ ।
नेफ्स्कून सिईओ डा.शिवजी सापकोटाले भन्नुभयो, ‘नेफ्स्कून आफैले बनाएको मिरा सफ्टवेयर चाहिँ, इट इज ग्रोइङ । यो विकसित हुँदैछ । गत वर्षको विश्व क्रेडिट युनियन सम्मेलनमा मिराले पनि अप्रोच गरेको हो । तर विजेता हुन सकेन । यसले द साइकल अफ टेक्नोलोजीलाई देखाउँछ । कहाँदेखि कहाँसम्म प्रविधिले यात्रा गरिरहेको छ भन्ने टेक्नोलोजीमा देखिनुपर्छ, त्यही कुरा ओकूले पनि हेर्छ । निश्चय नै मिराले कुनै बेला ग्लोबल अवार्ड पाउँछ ।’ त्यसैगरी, विकू साकोस पनि यो प्रतिस्पर्धामा सहभागी भएको नेफ्स्कून सिईओले हिजो आयोजित पत्रकार भेटघाटमा खुलाउनुभयो ।
‘नेपालबाट अप्रोच गरिरहने संस्थामध्ये हो अर्को हो विकू साकोस, ’उहाँले सुनाउनुभयो, ‘कुनै पनि वर्ष विकूले अवार्ड पाउँछ नै । यो वर्ष उपविजेता भएको छ । वेटिङ लिष्टमा परेको छ ।’ उहाँले भन्नुभयो, ‘हामीले तुरुन्तै अर्को वर्ष त्यो गुड न्यूज सुन्न पाइएला कि । नेफ्स्कूनले त्यसमा पनि गर्व राख्छ र गर्व गर्छ । हामी रेकमेन्ड पनि गर्छौं, हामीले जे गर्नुपर्छ त्यो गर्छौं । हाम्रो केबी सर (विन्दवासिनी साकोसका प्रमुख कार्यकारी अधिकृत) हुनुहुन्छ, उहाँले अप्रोच गर्नुभएको छ कि छैन । त्यो डिजिटल ग्रोथ अवार्ड सबैको लागि ओपन हुन्छ ।'
यसरी हेर्दा, चन्द्रागिरि साकोसको पहिलो प्रयास नै सफल सावित भएको छ । चन्द्रागिरिले अन्तर्राष्ट्रिय क्रेडिट युनियन सम्मेलन २०२६ को अवसरमा अष्ट्रेलियाको सिड्नीमा जुलाई २१ मा आयोजित ओकूको वार्षिक साधारण सभामा डिजिटल ग्रोथ अवार्ड २०२६ प्राप्त गरेको थियो ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com