Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

शिव शिखर र पशुपति सहकारीका ४२ बचतकर्ताको रकम फिर्ता

शिव शिखर र पशुपति सहकारीका ४२ बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषणा गरिएका शिव शिखर र पशुपति सहकारीका ४२ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ ।

समितिका अनुसार शिव शिखर सहकारीका १४ जना र पशुपति सहकारीका २८ जना साना बचतकर्ताले पहिलो चरणमा आफ्नो बचत रकम फिर्ता पाएका हुन् ।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम बचतकर्तालाई फिर्ता गर्ने व्यवस्था मिलाउँदै आएको जनाएको छ ।

समितिले पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ । आगामी चरणमा बचत रकमको आधारमा बचतकर्तालाई वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइने समितिको भनाइ छ ।

समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली, सम्पत्ति व्यवस्थापन र प्राप्त स्रोतबाट बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार