काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले सहकारीको ऋण समयमै चुक्ता नगर्ने खराब ऋणीहरुलाई कालोसूचीमा राख्ने र १२ वटै वडा कार्यालयहरुबाट प्रदान गरिने सार्वजनिक सेवा सुविधाबाट बञ्चित गर्ने भएको छ ।
गाउँपालिकाले आज सूचना जारी गरी आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरुका सदस्यलाई समयमै ऋण तिर्न आग्रह गरेको हो । अन्यथा कालोसूचीमा राखी सबै वडामार्फत प्रदान गरिने सार्वजनिक सेवा प्रवाहबाट रोकिने जनाएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीद्वारा जारी सूचनामा भनिएको छ, 'यस गाउँपालिका भित्र रहेका सहकारी संस्थाहरूका ऋणीहरुले तमसुकमा उल्लेख भए बमोजिम शर्तपालना नगरी सहकारी संस्थाबाट विभिन्न समयमा लिखित र मौखिक रुपमा ताकेता गर्दा समेत समयमा बुझाउनु पर्ने साँवा र ब्याज नबुझाएको बारे सहकारी अनुगमनका क्रममा बुझिन आएको, साथै सोसम्बन्धमा पालिका स्तरीय सहकारी सञ्जाल मार्फत यस सहकारी शाखामा समेत लिखित जानकारी प्राप्त हुन आएकोहुँदा सहकारी ऐन २०७४ को दफा ७९, सहकारी नियमावली २०७५ को नियम ३० र इन्द्रावती गाउँपालिकाको सहकारी ऐन, २०७४ को दफा ५८ र ५९ तथा सहकारी पहिलो संशोधन अध्यादेश २०८३ को दफा २० बमोजिम सहकारी संस्थाले ऋण असुल गर्ने नियमानुसार सम्वन्धित ऋणीहरुले संस्थालाई बुझाउनु पर्ने ऋणको साँवा र ब्याज निर्धारित समयमै चुक्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि सूचना प्रकाशित गरिएको छ । साथै समयमै ऋण चुक्ता नगरेमा सहकारी संस्थाहरुबाट त्यस्ता खराब ऋणीहरुको विवरण माग गरी कालो सूचिमा राखिने र यस गाउँपालिका तथा १२ वटै वडा कार्यालयहरु बाट प्रदान गरिने सार्वजनिक सेवा सुविधाबाट बञ्चित हुने व्यहोरा समेत जानकारी गराइन्छ ।'
विभिन्न स्थानीय तहहरुले यस प्रकारको सूचना जारी गरेका कारण सहकारीको ऋण तिर्न आनाकानी गरेकाहरु संस्थाको सम्पर्कमा आउन थालेका छन् । खासगरी बचत फिर्तामा समस्या आउनुमा समयमै ऋण नउठ्नु पनि प्रमुख कारण भएको बताउँदै सहकारी तथा तिनका छाता संगठनहरुले सबै तहका सरकारलाई यस प्रकारको सहजीकरणका लागि बारम्बार आग्रह गर्दै आएका छन् । सोही अनुरुप अहिले धेरै सरकारले यसरी सहयोग, समन्वय र सहजीकरण गरेको अवस्था छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com