Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्नूस्

लोडसेडिङ हुँदैन, सामाजिक सञ्जालको हल्लामा विश्वास नगर्नूस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले देशभर विद्युत आपूर्तिमा कुनै लोडसेडिङ नरहेको जनाएको छ । सामाजिक सञ्जालमा विद्युत आपूर्तिसम्बन्धी भ्रम फैलाइएको भन्दै प्राधिकरणले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

आइतबार एक सूचना जारी गर्दै प्राधिकरणले सामाजिक सञ्जालमा फैलिएका अतिरञ्जित हल्ला भ्रामक भएको स्पष्ट पारेको हो । हाल लोडसेडिङ नभएको र आगामी दिनमा पनि घरायसी ग्राहकका लागि लोडसेडिङ नहुने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार हाल देशभर विद्युतको जडित क्षमता तीन हजार ५१२ मेगावाट पुगेको छ । यसमध्ये प्राधिकरणकै स्वामित्वमा रहेका जलविद्युत आयोजना ६६२ मेगावाट, सौर्य ऊर्जाबाट २५ मेगावाट, तापीयबाट ५३ मेगावाट ९हाल बन्द०, सहायक कम्पनीका आयोजना ६२३ मेगावाट तथा निजी क्षेत्रबाट उत्पादित २,१४९ मेगावाट छन् ।

हाल आन्तरिक उत्पादन औसतमा १,१७५ मेगावाट रहेकोमा, विद्युतको उच्च माग ९पिक लोड० २,०७७ मेगावाट पुगेको छ । त्यसमा १,५९३ मेगावाट उत्पादन सम्भव भएको र बाँकी माग भारतबाट आयात गरेर पूर्ति गरिएको प्राधिकरणले विज्ञप्तिमार्फत जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार