काठमाडौं । सगुन बचत तथा ऋण सहकारी संस्थाले २७ औं स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष केशव प्रसाद ढकालको अध्यक्षतामा मधेश प्रदेशका उर्जा सिचाई तथा खानेपानी मन्त्री जवाहार लाल कुशवाहको प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाएको हो । कार्यक्रमको अतिथिमा हरिवन नगरपालिका मेयर रमेश बुढाथोकी र उप्रमुख हरिमाया घलान रहेकी थिइन् ।
संस्थाले स्थापना दिवसको अवसरमा असल वालबचत कर्ताको रुपमा बिनुशा श्रेष्ठ र सोचित सुवेदी ,असल उद्यमीका रुपमा सिकलिया कुमारी, मोहन बिक्रम राय, कला राई र राम दरेश रायलाई सम्मान गरेको छ । त्यसैगरी असल बचतकर्ताको रुपमा तारादेबी सुबेदी, प्रबिण ढकाल , बृज किशोर साह र पदमा कुमारी उप्रेतीलाई समान गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि कुशवाहले सम्मान प्रदान गरेका थिए । संस्थाले स्थापना दिवसकै अवसरमा विद्यालयस्तरीय वकृत्वकला प्रतियोगिता समेत आयोजना गरेको थियो ।
२०५७ साल ४६ जना सेयर सदस्य र १ लाख ७६ हजार पुँजीबाट सुरु भएको संस्थामा हालसम्म आइपुग्दा १४ हजार सदस्य आवद्ध भएका छन् । संस्थाले सर्लाही जिल्लाभर कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई वित्तीय तथा अन्य सेवा प्रदान गर्दै आएको व्यवस्थापक रविन्द्र रानाले बताए । संस्थाले प्राप्त गरेको यो उपलब्धि कुनै एक व्यक्तिको मात्र नभई प्रत्येक सदस्य, सञ्चालक समिति, कर्मचारी र शुभेच्छुकको सामूहिक मिहिनेतको प्रतिफल भएको उनले जनाए ।

Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com