काठमाडौं । नेपाली काङ्ग्रेसका नेता शेखर कोइरालाले आन्दोलनरत शिक्षक माथि बल प्रयोगको घटनाको निन्दा गर्नुभएको छ । उहाँले स्थानीय तहमार्फत शिक्षकहरूलाई धम्क्याउने काम भइरहेको भन्दै त्यसको पनि विरोध गर्नुभएको छ ।
आन्दोलनको एक महिनासम्म माग सम्बोधन नगरेर दमन गर्नु कुशासनको उदाहरण भएको उहाँको भनाइ छ । ‘शिक्षा ऐन ल्याउनुपर्ने मागसहित शिक्षकहरू सडक आन्दोलनमा उत्रेको झण्डै एक महिना भयो। पठन(पाठन र सरकारी भर्ना अभियान ठप्प छ, कक्षा १२ को परीक्षा समेत सरेको छ,’ कोइरालाले आज सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘यस्तो अवस्थामा शिक्षकहरूसँग वार्ता गरी समस्या समाधान गर्नुपर्नेमा सडकमै उनीहरुमाथि प्रहरी बल प्रयोग गर्नु र पालिका लगाएर शिक्षकहरूलाई धम्क्याउनु सरकारको कुसाशनको अर्को उदाहरण हो।’
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू चैत २० देखि राजधानी केन्द्रित आन्दोलनमा छन् । आइतबार झडप हुँदा ६० जना शिक्षक घाइते भएको नेपाल शिक्षक महासंघले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com