Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

ओमानमा मेड इन नेपाल प्रवर्धन गर्न निर्यात व्यवसायी महासंघद्वारा सम्झौता

ओमानमा मेड इन नेपाल प्रवर्धन गर्न निर्यात व्यवसायी महासंघद्वारा सम्झौता

काठमाडौं । नेपाली उत्पादन तथा सेवालाई खाडी मुलुक ओमानको बजारमा प्रवर्दन तथा विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायी महासंघ नेपाल (फिन) र गैरआवासीय नेपाली सोसल क्लब ओमानबीच द्विपक्षीय समझदारीपत्रमा  हस्ताक्षर भएको छ ।

मस्कटमा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष गोविन्द प्रसाद घिमिरे र गैरआवासीय नेपाली सोसल क्लब ओमानका अध्यक्ष सुरेश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरे। कार्यक्रममा ओमानका लागि नेपाली कार्यवाहक राजदूत विशेष कुमार साहको उपस्थिति रहेको थियो ।

समझदारीअनुसार ओमानमा नेपाली निर्यातकर्तालाई स्थानीय साना तथा मझौला व्यवसायी, व्यापारी र सम्भावित खरिदकर्तासँग जोड्न दुवै संस्थाले संस्थागत मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नेछन् । यसबाट नेपाली उत्पादनका लागि नयाँ बजार तथा व्यापारिक सञ्जाल विस्तार फिनका उपाध्यक्ष किरण कुमार डंगोलले बताए । सम्झौतामा ‘मेड इन नेपाल’ उत्पादनको प्रवद्र्धनलाई प्राथमिकता दिइएको छ । ओमानमा आयोजना हुने सांस्कृतिक तथा सामुदायिक कार्यक्रममा नेपाली चिया, कफी, अलैँची तथा विभिन्न मसला, हस्तकला, फेल्ट, गार्मेन्ट,कार्पेट, जडिबुटीका सामग्री र परम्परागत पोशाकलगायत नेपाली उत्पादनको प्रवद्र्धनका लागि स्टल तथा प्रदर्शनीको व्यवस्था गरिनेछ ।

त्यस्तै, ओमानको भन्सार प्रक्रिया, आयातसम्बन्धी मापदण्ड, गुणस्तर तथा हलाल प्रमाणीकरण र व्यापारिक नीतिबारे गैरआवासीय नेपाली सोसल क्लबले महासंघलाई आवश्यक जानकारी तथा मार्गदर्शन उपलब्ध उल्लेख छ  । महासंघले भने ओमानका आयातकर्तालाई नेपालका भरपर्दा निर्यातकर्ताको सूची तथा उनीहरूले उत्पादन गर्ने वस्तुको विवरण उपलब्ध गराउने समझदारी भएको छ । समझदारीले नेपालका उत्पादक र ओमनमा रहेका नेपाली व्यवसायी तथा आयातकर्ताबीच प्रत्यक्ष सम्पर्क विस्तार गरी अनावश्यक बिचौलिया लागत घटाउने लक्ष्यसमेत राखेको छ । यसबाट नेपाली उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढ्नुका साथै उत्पादकले आफ्ना वस्तुको उचित बजार मूल्य प्राप्त गर्न सक्ने अपेक्षा गरिएको अध्यक्ष घिमिरेले बताए ।

नेपालको प्रशोधन, उत्पादन तथा निर्यातजन्य उद्योगमा गैरआवासीय नेपाली तथा ओमानी लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्ने र आवश्यक मार्गदर्शन उपलब्ध गराउने विषय पनि समझदारीमा समेटिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार