Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

अनलाइन व्यापार व्यवसाय अनिवार्य दर्ता तथा सूचीकृत हुन ताकेता

अनलाइन व्यापार व्यवसाय अनिवार्य दर्ता तथा सूचीकृत हुन ताकेता

काठमाडौं । सरकारले अनलाइन माध्यमबाट व्यापार-व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरुलाई अनिवार्यरूपमा दर्ता तथा सूचीकृत हुन ताकेता गरेको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वेबसाइट, मोबाइल एप, सामाजिक सञ्जाल वा अन्य डिजिटल माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने सबै व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्यरूपमा सूचीकृत हुन निर्देशन दिएको हो ।

विद्युतीय व्यापार ऐन २०८१ तथा विद्युतीय व्यापार निर्देशिका २०८२ अनुसार आवश्यक कानूनी प्रक्रिया पूरा नगरी अनलाइन व्यापार सञ्चालन गरे कारबाही हुने विभागले चेतावनी दिएको छ ।

अनलाइन कारोबारका क्रममा उपभोक्ता ठगी तथा गुनासो बढ्दै गएपछि सरकारले डिजिटल व्यापारमा निगरानी र नियमनलाई कडाइ गर्न थालेको छ ।

1-1787045818.png
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार