काठमाडौं । समस्याग्रस्त सहकारीसँग सम्बन्धित कालोसूचीमा रहेका राकेशकुमार रावललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको छ। विमानस्थल सुरक्षा प्रहरीले बिहीबार बिहान उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार रावल नेपाल एयरलाइन्सको उडानमार्फत भारतको बेंगलोर जाने तयारीमा थिए।
चेकजाँचका क्रममा उनी समस्याग्रस्त सहकारीको कालोसूचीमा रहेको खुलेपछि विमानस्थल प्रहरीले उनलाई रोकेको हो। विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार नियन्त्रणमा लिइएका रावललाई आवश्यक कारबाहीका लागि अध्यागमन विभागमा पठाइएको छ।
प्रहरीले घटनासम्बन्धी थप विवरण तथा आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com