Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

नागरिक लगानी कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली

नागरिक लगानी कोषको कार्यकारी निर्देशक कार्कीको पदबहाली

काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई थप चुस्त र पारदर्शी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

शुक्रबार पदबहाली गरेपछि उहाँले भन्नुभयो, कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पुर्‍याउन विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने हुन्छ ।

कार्यकारी निर्देशक कार्कीले आफूले योभन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेबारीमा रहीसकेको बताउँदै आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउने बताउनुभयो ।

यही भदौ ३ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई कोषको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार