Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नारी संकल्प साकोस: तीज कार्यक्रमलाई छुट्याइएको ५० हजार राहत कोषमा सहयोग

नारी संकल्प साकोस: तीज कार्यक्रमलाई छुट्याइएको ५० हजार राहत कोषमा सहयोग

काठमाडौं । उर्लाबारीस्थित समुदायमा आधारित सदस्य केन्द्रित नारी संकल्पन बचत तथा ऋण सहकारी संस्था लि.ले रसुवाका बाढीपिडितहरुको सहयोगका लागि ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकले रसुवामा आएको बाढीका कारण सिङ्गो मुलुक शोकमा रहेको वर्तमान अवस्थामा तीज मिलन कार्यक्रम २०८३ स्थगित गर्दै उक्त कार्यक्रमका लागि छुट्याइएको रकममध्ये ५० हजार रुपैयाँ पीडितहरुको राहत उद्दार तथा पुनस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको जनाएको छ ।

यसैगरी, संस्थामा आवद्ध सदस्यहरुलाई पनि मानवीय संवेदनालाई मध्यनजर गर्दै सकेअनुसार सहयोग गर्न आग्रह गर्दै साकोससँगको समन्वयमा उक्त पुनित कार्यमा सहभागी हुन आग्रह पनि गरेको अध्यक्ष गोमा नेपालले जानकारी गराउनुभयो ।

व्यवस्थापक चित्र न्यौपानेले यस्तो राष्ट्रिय शोकको घडीमा सहकारीले समुदायप्रति चासोको सहकारी सिद्धान्तलाई शिरोपर गर्दै सहयोगको लागि निर्णय गरेको बताउनुभयो ।

787197161_2588910654873882_1259783695387670545_n (1).jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार