Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गर्ने विजय फूलबारी साकोसको निर्णय

राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गर्ने विजय फूलबारी साकोसको निर्णय

काठमाडौं । प्यूठान नगरपालिका ३, जुम्रीस्थित विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.ले रसुवाका बाढीपीडितहरुको सहयोगार्थ एक लाख एघार हजार एक सय एघार रुपैयाँ उपलब्ध गराउने भएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले सामाजिक तथा संस्थागत दायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १११,१११ (अक्षेरेपी एक लाख एघार हजार एक सय एघार मात्र) योगदान गर्ने निर्णय गरेको अध्यक्ष नेत्रमणी आचार्यद्वारा आज जारी अपिलमा उल्लेख छ । 

साकोसले संकटपूर्ण घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरु प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र नियामक निकाय, राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को कदममा हातेमालो गर्नु आफ्नो सामाजिक तथा संस्थागत दायित्व भएको जनाउँदै सहयोगको लागि अग्रसरता देखाएको हो । 

साथै शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ संस्था निकायहरुलाई समेत आ आफ्नो ठाउँबाट स्वेच्छिक रुपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको विषम घडीमा हातेमालो गर्न समेत संस्थाले अपिल जारी गरेको छ ।

अध्यक्ष आचार्यको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, 'रसुवा जिल्लाको भोटेकोशी नदीमा मिति २०८३ भाद्र १० गते आएको भीषणबाढीले ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति भई जनजीवन अस्तव्यस्त बनेको खबरले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि। परिवार स्तब्ध बनेको छ । देशलाई नै रुवाउने गरी भएको यो विपत्मा परी जीवन गुमाउनुहुने सम्पूर्ण नागरिकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा गहिरो समवेदना प्रकट गर्दछौ ।

राष्ट्रिय विपत्तिको यो संकटपूर्ण घडीमा उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरुलाई प्रभावकारी बनाउन राज्यका सम्पूर्ण संयन्त्र नियामक निकाय, राष्ट्रिय सहकारी महासंघ र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को कदममा हातेमालो गर्नु हाम्रो सामाजिक तथा संस्थागत दायित्व हो । यसै सामाजिक तथा संस्थागत दायित्वलाई बोध गर्दै विजय फूलबारी साकोसले यो प्राकृतिक विपत्तिमा मलम लगाउन देहाय बमोजिम सहयोग तथा ऐक्यवद्धताको निर्णय गरेको छ ।

संस्थागत योगदानः  तत्काल राहत तथा विपद् व्यवस्थापनमा सहयोग पुयाउने उद्देश्यले विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट संस्थाका सम्पूर्ण कर्मचारीहरुको १ दिनको तलब, सञ्चालक समितिको १ दिनको बैठक भत्ता र संस्थागत सहयोग गरी प्रधानमन्त्री दैवी प्रकोप राहत कोष मा रु ११११११ (अक्षेरेपी एक लाख एघार हजार एक सय एघार मात्र) योगदान गर्ने निर्णय गरिएको छ ।

उद्धार र राहतमा ऐक्यवद्धता नियामक निकाय, छाता संघहरुको मार्गदर्शन अनुसार जिल्ला, स्थानीय स्तरमा हुन सक्ने उद्धार, राहत तथा स्वयम्सेवी भूमिकाका कार्यक्रमहरुमा संस्थाका सञ्चालक, सबै समिति, उपसमिति, कर्मचारीहरु पूर्ण रुपमा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दछौ । शेयर सदस्य तथा समुदायमा अपिल  संस्थाका सम्पूर्ण शेयर सदस्य, शुभेच्छुक तथा विभिन्न संघ संस्था निकायहरुलाई पनि आ आफ्नो ठाउँबाट स्वेच्छिक रुपमा राहत कोषमा योगदान गरी राष्ट्रिय संकटको यो विषम घडीमा हातेमालो गर्नु हुन हार्दिक आह्वान गर्दछौ ।'

WhatsApp Image 2026-08-27 at 15.40.03.jpeg
undefined

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार