Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

लिभरपुल ईपीएल च्याम्पियन

लिभरपुल ईपीएल च्याम्पियन

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिग (ईपीएल) को उपाधि जितेको छ। टोटनहमलाई आइतबार राती ५–१ ले पराजित गर्दै लिभरपुलले चार खेलअघि नै उपाधि हात पारेको हो।

ईपीएलमाथि लिभरपुलको यो दोस्रो कब्जा हो । यसअघि २०१९/२० मा लिभरपुलले ईपीएल उपाधि जितेको थियो। दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो। टोटेनहमका डोमिनिक सोलांकेले खेलको १२औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे। तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो।

घरेलु टोलीका लागि लुइस डियाजले १६ औँ मिनेटमा बराबरी गोल फर्काए। त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो। ३४ औँ मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्‍यो। ६३ औँ मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार