Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us

तनहुँको श्री भानु महिला विकास बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा दुई लाख बढी योगदान

तनहुँको श्री भानु महिला विकास बहुउद्देश्यीय सहकारीद्वारा उद्धार कोषमा दुई लाख बढी योगदान

काठमाडौं । तनहुँको भानु नगरपालिका २ फुस्रेटारस्थित श्री भानु महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि. ले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीका कारण भएको अपूरणीय मानवीय एवम् भौतिक क्षतिले स्तब्ध एवम् मर्माहत भएको जनाएको छ । उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री  दैवी प्रकोप उद्धार कोषमा दुई लाख पाँच सय पच्पन्न रुपैयाँ योगदान गरेको आज जनाएको छ ।

शेयर सदस्यहरुबाट स्वतस्फुर्त संकलित रकम  भोटेकोसी बाढीपिडित पहिरोमा परि पिडित हुनुभएका नागरिकहरुका उद्दारका लागि संस्था मार्फत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको अध्यक्ष खिम माया गुरुङले धिप्री डटकमलाई जानकारी गराउनुभयो । मानविय सेवा नै धर्म हो सबै जनाले हातेमालो गरि सके धेरै नसके थोरै भएपनि सहयोग गरौ, सबै जना को सानो सानो सहयोगले ठुलो उद्धार हुन सक्ने विश्वासका साथ श्री भानु महिला विकासले उक्त रकम योगदान गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

यसैगरी संकटपूर्ण तथा प्राकृतिक विपद्को घडीमा प्रभावित क्षेत्रका पीडित परिवारहरूप्रति संस्था र समग्र सहकारी परिवारको तर्फबाट गहिरो समवेदना प्रकट गर्दै यस प्राकृतिक प्रकोपमा परी जीवन गुमाउनु हुने स्वदेशी तथा विदेशी नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

WhatsApp Image 2026-09-02 at 21.44.00 (1).jpeg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार