Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
रसुवा बाढीपीडितहरुलाई सहयोग

रौतहट बचत संघ: हाम्रो अनुरोधमा आजसम्म १२ संस्थाबाट योगदान, ३० बाट प्रतिबद्धता

रौतहट बचत संघ: हाम्रो अनुरोधमा आजसम्म १२ संस्थाबाट योगदान, ३० बाट प्रतिबद्धता

काठमाडौं । रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघले रसुवा बाढीपीडितहरुको सहयोगका लागि गरेको अनुरोधका आधारमा जिल्लाका १२ साकोसहरुले आजसम्म योगदान गरिसकेको र ३० वटा संस्थाबाट प्रतिबद्धता प्राप्त भएको जनाएको छ ।

बचत संघका अध्यक्ष विभु कुमार पोखरेलले धिप्री डटकमसँग भन्नुभयो, 'अकल्पनीय रसुवा बाढीबाट पीडित तथा प्रभावितहरुको घाउमा रौतहट जिल्लाका सहकारीहरुले पनि मल्हम पट्टी  लगाउनुपर्छ, यो सहकारीको मर्म र धर्म पनि हो भनेर हामीले भदौ ११ गते नै प्रारम्भिक सस्थाका अध्यक्ष ,प्रतिनिधिहरुको भेला गरेका थियौं । उक्त भेलामा जिल्ला बचत संघकातर्फबाट हामीले अनुरोध गर्यौ र सोही बमोजिम एक दर्जन साकोसबाट योगदान भैसकेको छ । ३० वटाले चाँडै गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँहरुको सञ्चालक समितिको बैठक बस्नुपर्यो, औपचारिक निर्णय गर्नुपर्यो त्यही भएर ढिलो भएको हो ।'

बचत संघ अध्यक्ष पोखरेलले साना किसान, कृषि सहकारी लगायत अन्य प्रकृतिका सहकारीहरुले पनि सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो । 'सहयोगको क्रम अझै जारी रहन्छ । आजसम्मको स्थितिमा कुन कुन सहकारीबाट के कति सहयोग प्राप्त भयो भन्ने विषय सार्वजनिक गरेका छौं । यसरी नै अन्य सहकारीहरुबाट गरिने योगदानको रेकर्ड पनि जिल्ला संघले सार्वजनिक गर्नेछ, 'पोखरेलले भन्नुभयो । साथै उहाँले अन्य सहकारीहरुलाई पनि राष्ट्रिय संकटको यो समयमा सहयोगमा जोडिन अपिल गर्नुभयो ।

रौतहटमा सबैभन्दा सक्रिय संघका रुपमा जिल्ला बचत संघ रहेको छ । जिल्ला सहकारी संघ निष्क्रिय प्राय: छ भने कृषि र दुग्ध संघको पनि भूमिका देखिएका छ । उपभोक्ता संघले उपस्थिति मात्र देखाएको अवस्था छ । सोही कारण जिल्लाभित्रको सहकारीको अगुवाई गरेर जिल्ला बचत संघले काम गरिहेको अध्यक्ष पोखरेलले बताउनुभयो । रौतहट बचत संघमा हाल ५९ साकोस आवद्ध छन् । जिल्लामा १८० साकोस रहेको तथ्याङ्क रहेपनि संघको नेटवर्क बाहिर रहेका अधिकांश झोलामा भएको पोखरेलले जानकारी गराउनुभयो ।

बचत संघको रेकर्ड अनुसार 

( १)रौतहट बचत तथा ऋण सहकारी संघ लि रु १११११/
(२) संकल्प साकोस रु ५५५५५/
(३) चन्द्रोदय साकोस रु ५१०००/
(४) बिन्दबासिनी साकोस रु ३५०००/
(५) स्वस्तिक साकोस रु १५०००/
(६) सामुदायिक बिकास साकोस रु १५०००/
(७)उन्नतिशिल साकोस रु १०५५५/
(८) शसक्त महिला बिकास साकोस रु १०१११/
(९) साथी साकोस रु १००००/
(१०) शान्तिनगर स्वरोजगार साकोस रु ५५५५/
(११) सफल साकोस रु ५१००/
(१२) सृष्टि साकोस रु ५०००/

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार