Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
रसुवा महाविपत्ति

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाद्वारा १ अर्बभन्दा बढी सहयोग प्रदान

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाद्वारा १ अर्बभन्दा बढी सहयोग प्रदान

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एनभिडियाले नेपालका बाढीपीडितका लागि १ करोड डलर (एक अर्ब नेपाली रुपैयाँ भन्दा बढी) रकम सहयोग गरेको छ। 

अर्थमन्त्री स्वर्णिम वाग्लेले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सन हवाङले बाढीपीडितलाई सहयोगका लागि १ करोड डलर अमेरिकी डलर हस्तान्तरण गरेको जानकारी गराउँदै यसलाई उनले ‘अभूतपूर्व सहयोग’ भन्नुभएको छ ।

योसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्बभन्दा बढी रकम संकलन भएको पनि मन्त्री वाग्लेले जानकारी गराउनुभयो ।

अर्थमन्त्री वाग्लेले आफ्नो सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘१ करोड डलरको सहयोग, हार्दिक आभार श्री जेन्सन हवाङ, प्रमुख कार्यकारी अधिकृत, एनभिडिया। यस अभूतपूर्व सहयोगसँगै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. १० अर्बभन्दा बढी रकम संकलन भएको छ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार