काठमाडौं । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र युरोपेली युनियनका राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता भएको छ । । महानगरप्रमुखको कार्यकक्षमा हिजो भएको भेटवार्तामा जिल्लाको विकास निर्माण र युरोपेली युनियनसँगको सम्बन्धका बारेमा छलफल भएको थियो । सम्पदा संरक्षण, वातावरण संरक्षण, हरियाली प्रवर्द्धनका क्षेत्रमा गरेका प्रशस्तै कामका बारे राजदूतले रुचिपूर्वक जानकारी लिनुका साथै आपसी हितका विषयमा सौहादपूर्ण एवम् प्रभावकारी छलफल भएको महानगरले जनाएको छ ।
महानगर प्रमुख महर्जनले सामाजिक विकासलाई महानगरले प्राथमिकतामा राखेर काम गरेको जानकारी गराउँदै विपद् व्यवस्थापनका क्षेत्रमा देशका सबै नगरपालिकामध्ये ललितपुरले उत्कृष्ट काम गरिरहेको राजदूतलाई जानकारी गराउनुभयो । राजदूत लोरेन्जोले ललितपुरको हित र समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । भेटका क्रममा ‘युरोप डे २०२५’ का बारेमा पनि छलफल भएको थियो । प्रत्येक वर्ष मे ८ मा युरोप डे मनाइन्छ । यो वर्षको युरोप डेमा पाटन सङ्ग्रहालयमा कार्यक्रम आयोजना गरिएको सन्दर्भमा छलफल भएको महानगरले जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com