काठमाडौं । नेपालका इँटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी लिमिटेड र स्थानीय नगरपालिका, नेपाल निर्माण व्यवसायी संघ, व्यक्तिगत इँटाभट्टा र वातावरणमैत्री निर्माण सामग्री उत्पादक संघ नेपाल बीचको आधिकारिक समझदारी पत्र हस्ताक्षर भएको हो ।
मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि उक्त कम्पनीहरु बीच आधिकारिक समझदारी पत्रमा हस्ताक्षर भएको हो ।यो सम्झौता पत्रले नेपालमा कम कार्बन उत्सर्जन गर्ने वातावरणमैत्री इँटा उत्पादनको लागि अन्तर्राष्ट्रिय न्यूनीकरण परियोजना सहकार्यमा एक महत्वपूर्ण कोसेढुङ्गा बन्ने अपेक्षा गरिएको छ ।
यस्तो समझदारीले कम कार्बन भएका इँटा उत्पादन प्रविधिहरूमा संक्रमणलाई सहज बनाउन, दिगो निर्माण अभ्यासहरूलाई प्रवद्र्धन गर्न र विश्वव्यापी जलवायु प्रतिबद्धताहरूमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । वातावरणमैत्री इँटा उद्योगहरुको स्थापनामा कोरियन कम्पनीहरुले सहयोग गर्ने जनाएका छन् ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com