एजेन्सी । प्रकाश शाह । एक वर्षअघि सम्म उहाँ भारतको प्रतिष्ठित रिलायन्स इन्डस्ट्रिजका उपाध्यक्ष हुनुहुन्थ्यो । ४० वर्षअघि केमिकल इन्जिनियरिङमा स्नातक सकेपछि उहाँले मुम्बइको आइआईटीबाट स्नातकोत्तर पूरा गर्नुभयो । त्यसपछि जीवनवृत्तिमा लाग्नुभयो ।
लामो समय उहाँले रिलायन्स इन्डस्ट्रिज अन्तर्गत विभिन्न पदमा रही काम गर्नुभयो । सेवा निवृत्त हुनुअघि दोस्रो ठूलो पदमा कार्यरत हुनुहुन्थ्यो । व्यक्तिगत करियरको उचाइ सँगै अर्थोपार्जनमा पनि त्यतिकै उचाइ हासिल गर्नुभयो । करिब ७५ करोड भारु तलब सुविधा प्राप्त गर्नुहुन्थ्यो । यद्यपि, उहाँलाई सांसारिक वैभव र पारिवारिक सुखले पनि पुगेन । जीवनको उत्तरार्धलाई रत्याउन सकेन । केही अपुग र रित्तोपनाको अनुभव भैरह्यो । र, गत साता मात्रै उहाँले पत्नी नैना शाहसँगै सांसारिक सुख र मोह त्याग गरी सन्यासी जीवन सुरु गर्ने घोषणा गर्नुभयो । महावीर जयन्तीको अवसर पारेर गत साता मात्रै शाह दम्पती ले गुरु दिक्षा लिनुभयो ।
केही वर्षअघि नै दिक्षा लिने उहाँको योजना कोभिड १९ का कारण पर धेकेलिएको थियो ।
जैन परम्परा अनुसार अब शाह दम्पतीले खाली खुट्टा हिड्नुपर्नेछ भने खानका लागि पनि भिक्षामा जे उपलब्ध हुन्छ त्यसैमा चित्त बुझाउनुपर्ने हुन्छ । अर्को अचम्मको कुरा के छ भने उहाँहरुका दुई छोरामध्ये एउटाले सात वर्ष अघि नै दिक्षा लिइसक्नुभएको थियो । उहाँ पनि मुम्बईको आइआईटी ग्रयाजुएट हुनुहुन्थ्यो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com