Jul 31 2026 | २०८३, साउन १५ गते

Jul 31 2026 | २०८३, साउन १५ गते

Follow us
स्वास्थ्य

सातै प्रदेशमा क्यान्सर, मुटु र जलन उपचार सेवा विस्तार गर्छौं

सातै प्रदेशमा क्यान्सर, मुटु र जलन उपचार सेवा विस्तार गर्छौं

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अगामी आर्थिक वर्षदेखि सातवटै प्रदेशमा क्यान्सर, मुटु तथा जलन उपचार सेवा विस्तार गर्ने गरी सरकार अघि बढिरहेको जानकारी गराउनुभएको छ । 

अगामी आर्थिक वर्षको बजेटबारे प्रदेश सरकारहरूसँगको छलफलमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै तहको सरकारले संयुक्त रूपमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

हालसम्म ६० वटा आधारभूत अस्पताल भवन निर्माण भइसकेको उल्लेख गर्दै मन्त्री पौडेलले जनशक्ति र आवश्यक उपकरणको अभावका कारण सेवा सञ्चालनमा चुनौती रहेको बताउनुभयो । 

‘निर्माणाधीन आधारभूत अस्पताललाई पूर्णता दिन ३० अर्ब बजेट आवश्यक पर्ने उल्लेख गर्दै उहाँले तीन तहको सरकारबीच सहकार्य हुन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार