Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारीको अध्यक्ष रहेका वडाध्यक्ष तीन महिनादेखि फरार

सहकारीको अध्यक्ष रहेका वडाध्यक्ष तीन महिनादेखि फरार

काठमाडौं । म्याग्दी सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष समेत रहनुभएका मङ्गला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष यामबहादुर रोका तीन महिनादेखि फरार रहनुभएको छ । सहकारीको बचत हिनामिना तथा अपचलन गरेको आरोप उहाँमाथि छ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । 

जिल्ला अदालत म्याग्दीबाट पक्राउ पुर्जी जारी भए पनि वडाध्यक्ष रोकालाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । वडाध्यक्ष रोका फरार भएपछि वडामा विकास निर्माण र सेवाप्रवाहमा समेत समस्या उत्पन्न भएको छ । वडा सदस्य भेषकुमारी पुनले फागुन महिना यता कार्यवाहक वडाध्यक्षको जिम्मेवारी समाल्नु भएको छ ।

सहकारीको रकम हिनामिना तथा अपचलनको अभियोगमा वडाध्यक्षसहित १९ जनालाई पक्राउ पुर्जी जारी भएको तर अहिलेसम्म पक्राउ नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार