काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले छ प्रतिशत ब्याजदरमै कर्जा सेवा उपलब्ध गराउने भएको छ । नजिकिदो चाडपर्व लक्षित गरी सहयोगी साकोसले आफ्ना सदस्यहरुको व्यवसाय प्रवर्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सरल र सहज कर्जा सेवा उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
चाडपर्वमा व्यवापार व्यवसाय बढाउन पुँजीको आवश्यकता नखट्कियोस् र त्यस्तो पुँजी सस्तो ब्याजदरमा बिना झंझट पाइयोस् भनेर सहयोगी साकोसले आफ्ना सदस्यहरुलाई सुविधा उपलब्ध गराउन लागेको जनाएको छ । ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म यस्तो कर्जा सदस्यले प्राप्त गर्न सक्ने सहयोगी साकोसले जनाएको छ । यस्तो कर्जा लिन कुनै जग्गा धितो राख्नुनपर्ने तथा व्यसाय र लघुवित्त समूहको छविको आधारमा सहजै उपलब्ध गराउने संस्थाले जनाएको छ ।
पुरानो ऋण भएपनि समयमै किस्ता तिर्दै आएका सदस्यहरुले समेत यो कर्जा सुविधा लिन सक्ने सहयोगी साकोसले जनाएको छ । कर्जाका लागि निवेदन दिएको ३ दिनभित्रै योग्यता पुगेका सदस्यहरुले रकम प्राप्त गर्न सक्ने भन्दै चाँडै सहयोगी साकोसको कुनै पनि कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ । पुँजी अभावमा अब व्यवसायलाई संकुचनमा राख्नुनपर्ने बरु सहज कर्जा सुविधा लिई फैलाउन सकिने भन्दै सदस्यहरुलाई यो सेवा उपयोग गर्न संस्थाले आग्रह गरेको हो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com