२०, आश्विन २०८३, बागलुङ । बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बागलुङको आयोजनामा, राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोग तथा चारतारे युवा क्लव, सिवाईसी नेपालको आर्थिक सहयोगमा सहकारी संघ–संस्थाका ऐन, नियम सम्वन्धि परामर्श तथा अन्तक्र्रिया कार्यक्रम बागलुङ बजारमा सम्पन्न भएको छ ।
बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका अधिकृत नारायण बेलबासेले सहकारी क्षेत्रको विद्यमान कानुनी व्यवस्था, सहकारी ऐन, नियमावली तथा सहकारी संघ–संस्थाले पालना गर्नुपर्ने कानुनी तथा नियामकीय व्यवस्थाका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहकारी संघ–संस्थाको सञ्चालन, संस्थागत सुशासन, सञ्चालक समिति तथा व्यवस्थापनको भूमिका, सदस्यको अधिकार तथा दायित्व, वित्तीय अनुशासन, बचत तथा ऋण कारोबार, कर्जा व्यवस्थापन, लेखा तथा अभिलेख व्यवस्थापनलगायतका विषयमा छलफल तथा अन्तक्र्रिया गरिएको थियो ।
कार्यक्रममा सहभागी सहकारीकर्मीहरूले सहकारी सञ्चालनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्याहरू, नियामकीय व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा संस्थागत सुधारका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए । सहभागीका जिज्ञासामाथि सहजीकरण गर्दै सहकारी संस्थाहरूले ऐन, नियम तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै पारदर्शी, जवाफदेही र सदस्यकेन्द्रित ढंगबाट संस्था सञ्चालन गर्नुपर्नेमा बेलबासेको जोड थियो ।
कार्यक्रमले सहकारी संघ–संस्थाका सञ्चालक तथा कर्मचारीलाई विद्यमान कानुनी व्यवस्थाबारे थप स्पष्टता प्रदान गर्नुका साथै संस्थागत सुशासन, वित्तीय अनुशासन र प्रभावकारी सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्तम समापनका क्रममा संघका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी संघ–संस्थाहरू ऐन, नियम तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै संस्थागत सुशासन, पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागलुङ जिल्लामा सञ्चालित विभिन्न सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक तथा प्रतिनिधि गरी ३४ जनाको सहभागिता रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com