बागलुङ, असोज २५, २०८३ । बागलुङ नगरपालिका–९, तित्याङस्थित बिग स्टोन युवा क्लबको १५औँ वार्षिकोत्सव तथा विजयादशमी–२०८३ को अवसरमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको छ । क्लबले असोज २४ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने गरी विभिन्न खेलकुद प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो ।
नेपालीहरूको महान् चाड बडादसैँ तथा दीपावलीको अवसरमा स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा पहिचान तथा स्थानीय कला र संस्कृतिको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि चारतारे युवा क्लब, सिवाईसी नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले बिग स्टोन युवा क्लबको १५औँ वार्षिकोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले युवाहरूको नेतृत्व विकास, सामाजिक एकता, खेलकुदको प्रवद्र्धन तथा स्थानीय प्रतिभाको पहिचानमा युवा क्लबहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
चारतारे युवा क्लब, सिवाईसी नेपाल र बिग स्टोन युवा क्लबबीचको सम्बन्धलाई स्मरण गर्दै उहाँले युवाहरूलाई सामाजिक रूपान्तरण, रचनात्मक कार्य तथा समुदायको विकासमा सक्रिय रूपमा परिचालित गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वार्षिकोत्सवका अवसरमा आयोजना गरिएका खेलकुद तथा सांस्कृतिक कार्यक्रमले युवाहरूबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमअन्तर्गत साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, खुला एकल नृत्य प्रतियोगिता, घैँटोफोड, महिलातर्फका विविध प्रतियोगिता, रस्साकस्सी, भाले छोप्ने तथा म्युजिकल चेयरलगायतका कार्यक्रम समावेश गरिएका छन्। प्रतियोगितामा सहभागी खेलाडी तथा कलाकारलाई आकर्षक पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
वार्षिकोत्सवको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति समेत रहने क्लबले जानकारी दिएको छ। कार्यक्रमलाई सफल बनाउन स्थानीय वडा, विभिन्न संघसंस्था, खेलप्रेमी, समाजसेवी तथा सम्पूर्ण नगरवासीलाई सहयोग र सहभागिताका लागि आयोजकले आग्रह गरेको छ ।
क्लबले यस्ता कार्यक्रमले युवाहरूमा आपसी सद्भाव, भाइचारा र एकताको भावना अभिवृद्धि गर्नुका साथै स्थानीय कला, संस्कृति तथा खेलकुदको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको क्लवका अध्यक्ष गणेश खत्रीले बताउनु भयो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com