Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Oct 30 2026 | २०८३, कात्तिक १३ गते

Follow us

आईडियल साकोसको २७औं वार्षिक साधारण सभा सम्पन्न, विभिन्न व्यक्तिलाई सम्मान तथा सामाग्री

आईडियल साकोसको २७औं वार्षिक साधारण सभा सम्पन्न, विभिन्न व्यक्तिलाई सम्मान तथा सामाग्री

राजविराज। आईडियल बचत तथा ऋण सहकारी संस्थाको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गणेश कुमार आशको अध्यक्षतामा सम्पन्न सभामा आशले संचालक समितिको तर्फबाट बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष आशले प्रस्तुत गरेका प्रतिवेदन अनुसार ४२ जनाले बिऊ पुँजीको रुपमा १ हजारको दरले ४२ हजार रुपैयाँबाट सुरु गरिएको संस्थामा अहिले १८ हजार भन्दा वढी शेयर सदस्य आवद्ध रहेका छन् । 

उनका अनुसार संस्थामा १८ हजार ५६२ जना शेयर सदस्य, हरुले चुक्ता शेयर पुँजी १२ करोड ५६ लाख ५१ हजार ६०० रुपैंयाँ र जगेडा कोष १४ करोड २६ लाख ७५ हजार ८७७ रुपैंयाँ रहेको छ। त्यसैगरी उनले कूल बचत १ अर्ब १९ करोड ६० लाख ४७ हजार ८४१ रुपैंयाँ तथा कुल ऋण लगानी ७५ करोड ४ लाख ८६ हजार २२३ रुपैंयाँ र कुल सम्पत्ति १ अर्ब ४८ करोड १३ लाख १४ हजार १७७ रहेको सभामा जानकारी दिएका छन्।

841260089_1463703022303944_4606272309530698402_n.jpg
undefined

अध्यक्ष आशले प्रस्तुत प्रतिवेदन अनुसार आधुनिक प्रविधिको एकीकृत सेवा कार्यक्रम र नवीनतम आधुनिक प्रविधिको प्रयोग, गरिबी निवारणसँग सम्बन्धित एकीकृत साक्षरता कार्यक्रम, सदस्यको उद्यमशीलता विकास, निजी क्षेत्र र सरकारी निकायसँगको सहकार्य, उद्यमशीलता विकास, युवा र महिला केन्द्रित कार्यक्रम, प्रविधि र क्षमता अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ। संस्थाको समग्र विकासको लागि नीति, विधि र प्रविधिमा विशेष जोड दिइने ,“डिजिटल वित्तीय सहकारी संस्थाको रुपमा स्थापित गर्ने” अभियानको रुपमा अगाडि बढाइनेउनले  बताए ।

सभामा संस्थाका सचिव प्रतिवेदन उपाध्यक्ष विधान्द झाका अनुसार  गत आर्थिक वर्ष २०८२/०८३ को प्रगति विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक कार्यक्रमहरु, कोषाध्यक्ष मञ्जुदेवी शाहले आ.व. २०८२/०८३ को वित्तीय प्रगति विवरणको समिक्षा तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित र आ.व. २०८४ /०८५को लागि अनुमानित वित्तीय लक्ष्य तथा बजेट प्रस्तुत गरेकी थिइन । त्यसैगरी लेखा समितिका संयोजक दिनेशकुमार साहकसेराले लेखा सुपरिवेक्षण समितिको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, टिप्पणी र सुझाव पेश गरेका थिए ।

संस्थाका केन्द्रिय कार्यालय राजविराज, हनुमाननगर र पातो एकाईगत सधारण सभा सम्पन्न भएको थियो । राजविराज स्थित जिल्ला समन्वय समिति सभाहलमा आयोजित सधारण सभामा जेष्ठ नागरिकलाई लठी, वालवालिकालाई शैक्षिक सामग्री  र कर्मचारीलाई सम्मानपत्र प्रदान गरेको संस्थाका व्यवस्थापक विनोद रजकले जानकारी दिएका थिए ।  

842529472_3633343466814250_4577573054514843738_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार