काठमाडौं । काभ्रेको बनेपा मुख्य कार्यालय रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट रसुवा तथा नुवाकोट जिल्लामा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत तथा पुनःस्थापनामा सहयोग गरेको छ ।
संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । संस्थाका ११,५६३ जना सदस्यहरुको तर्फबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार सहयोग गरेको चण्डेश्वरी साकोसले जनाएको छ । समुदायमा आधारित एवम् सदस्य केन्द्रित चण्डेश्वरी साकोसले संकटको घडीमा सामाजिक दायित्व बहन गर्दै सरकारको आग्रह र पहलकद्मीमा हातेमालो गरेको अध्यक्ष बुद्धरत्न मानन्धर तथा प्रमुख कार्यकारी अधिकृत कबिन्द्र धौबञ्जारद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।
विपत्तिको समयमा पीडित परिवारलाई राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको उल्लेख गरिएको छ । विपत्तिमा परेका नागरिकको पीडा सबैको साझा दुःख भएकाले कठिन समयमा एकअर्कालाई सहयोग गर्नु मानवताको महत्वपूर्ण दायित्व भएको भन्दै ऐक्यबद्धता जनाएको संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ ।
चण्डेश्वरी साकोसले बाढीबाट ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। यसैगरी, साकोसले यस दुःखद् र कठिन घडीमा आफ्नो क्षमता र सामर्थ्यअनुसार राहत कोषमा सहयोग गर्ने सबै सदस्यहरुमा हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com