काठमाडौं । नेपाल मौसम विज्ञान विभागका अनुसार यस वर्ष दसैँ घमाइलो हुने भएको छ । विभागले शुक्रबार दसैँ विशेष मौसमी बुलेटिन जारी गर्दै यस वर्षको दसैँमा ठुलो वर्षा नहुने प्रस्ट पारेको छ । केही स्थानमा फाट्टफुट्ट वर्षा भए पनि शुक्रबारदेखि दिन घमाइलो हुने जनाएको छ । विभागले भनेको छ, “ठुलो मौसमी प्रणाली छैन, ठुलो वर्षा हुने सम्भावना पनि छैन, त्यसैले यो वर्ष दसैँ घमाइलो हुने भएको हो ।”
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन बहिर्गमन भएसँगै नेपालको अधिकांश आकाश सफा हुने क्रममा छ । बिहीबार सानो प्रणालीले बदली गराए पनि वर्षाको प्रभाव ठुलो नरहने औँल्याइएको छ । महाशाखाका अनुसार शुक्रबारसम्म पश्चिमी वायुको आंशिक प्रभाव रहने छ । दसैँलगत्तै कुनै ठुलो प्रणालीको आगमन नेपालमा हुने सम्भावना कम देखिएको छ । उच्च हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ । पहाडी भेगमा एकाध स्थानमा हल्का वर्षाको सम्भावना भने कायमै छ ।
साथै देशको तराई भूभागका केही स्थानमा बिहानपख हुस्सु कुहिरोको सम्भावना रहेको छ । ठुलो प्रणाली नरहे पनि मौसम प्रणाली समय अनुसार परिवर्तन भइरहने भएकाले दसैँमा टाढाको यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न महाशाखाले आग्रह गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com