काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबियूएसटी) ले विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम विषयक अन्तर्राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा आयोजना गर्ने भएको छ।
सम्मेलनमा नेपाल तथा विदेशका प्रख्यात प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, उद्योग क्षेत्रका प्रतिनिधि र विद्यार्थीहरू सहभागी हुनेछन् । उनीहरूले विश्वविद्यालयको दीर्घकालीन भिजन, रणनीति र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर कायम गर्नका लागि आवश्यक पहलहरूबारे छलफल गर्नेछन्।
विश्वविद्यालयका अध्यक्ष डा. राजेन्द्रध्वज जोशीका अनुसार सम्मेलनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु र नवस्थापित विश्वविद्यालयको प्रभावकारी सञ्चालनका लागि व्यापक समर्थन जुटाउनु हो। उनका अनुसार हालसम्म रु. १ करोड २५ लाख बराबरको आर्थिक सहयोग संकलन भइसकेको छ।
एमबियूएसटी विशेष विश्वविद्यालय सञ्चालन ऐनमार्फत स्थापना भएको हो। हाल विश्वविद्यालयमा ३४ जना स्नातकोत्तर तथा विद्यावारिधि तहका विद्यार्थी अध्ययनरत छन्। सम्मेलनमा प्रमुख वक्ताको रूपमा सिंगापुरको नेसनल युनिभर्सिटी अफ सिंगापुरका प्राध्यापक तथा एमबियूएसटीका ट्रस्टी प्रो. सीरम रामकृष्णले सम्बोधन गर्ने छन्।
ूविश्वस्तरीय विश्वविद्यालय निर्माणस् सरोकारवालाको सहभागिताू विषयमा हुने प्यानल छलफल बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले सञ्चालन गर्ने छन् । छलफलमा भानु आचार्य, ट्रस्टी, एमबियूएसटी तथा पूर्व महानियन्त्रक, प्रा. गोविन्दराज पोखरेल, पूर्व उपाध्यक्ष, राष्ट्रिय योजना आयोग, डा. राजेन्द्रध्वज जोशी, अध्यक्ष, एमबियूएसटी, महेशकुमार बर्तौला, ट्रस्टी, एमबियूएसटी तथा सांसद, प्रा. डा. संगीता सिंह, ट्रस्टी, एमबियूएसटी तथा पूर्व सदस्य, राष्ट्रिय योजना आयोग लगायतको सहभागिता रहनेछ ।
सम्मेलनमा प्रा. नाम प्यो सुह, ट्रस्टी, एमबियूएसटीस एमआईटी तथा केएआईएसटी ९कोरिया० का एमेरिटस प्राध्यापक, प्रा. सुजाने फोर्टियर, ट्रस्टी, एमबियूएसटीस म्याकगिल विश्वविद्यालय, क्यानाडा, प्रा. रिचर्ड मिलर, संस्थापक अध्यक्ष, ओलिन इन्जिनियरिङ कलेज, अमेरिका, डा. केनिची ओहाशी, पूर्व नेपाल निर्देशक, विश्व बैंक, डा. शम्स कासिम–लाखा, अध्यक्ष, बोर्ड अफ ट्रस्टी, सेन्ट्रल एशिया विश्वविद्यालय, किर्गिस्तान, ब्रुस फ्लेस्नर, अध्यक्ष, एभरेष्ट साइन्स एण्ड टेक्नोलोजी फण्ड, अमेरिका लगायत विभिन्न देशका सातभन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूले पनि आ–आफ्ना विचार प्रस्तुत गर्नेछन्।
सम्मेलनमा करिब ४०० सहभागीहरू र ३० भन्दा बढी वक्ताहरूको उपस्थिति रहनेछ। आयोजकका अनुसार यस सम्मेलनले एमबियूएसटीलाई नवप्रवर्तनशील, अन्तर्राष्ट्रिय रूपमा सञ्जाल विस्तार गर्ने र भविष्यमा विश्वस्तरीय शैक्षिक संस्था बनाउने दिशामा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com